बागलुङको निसीखोलामा टाउको बिनाको शव फेला, एसपी आफैं फिल्डमा खटिए
बागलुङ । बागलुङको निसीखोलामा टाउको चुडिएको अवस्थामा एक युवाको शव फेला परेको छ ।
झिवाखोला बजार नजिकै रहेको निसीखोलामा सोही ठाउँका कामिडेरा निवासी २४ वर्षीया तुल बहादुर बिकको शव हिजो बुधबार फेला परेको हो ।
बुधबार शव फेला परे पनि शवको टाउको नै नभएपछि प्रहरीले उनको पहिचान गर्न सकेको थिएन । तर, हातमा खोपेको ट्याटुको माध्यमबाट भने प्रहरीले उनको शवलाइ पहिचान गरेको हो ।
आज बिहीबार शवको पहिचान भए पनि टाउको भने अझैसम्म फेला परेको छैनन् । हत्या गरेर पहिचान लुकाउनका लागि टाउको काटेर शव फालेको हुन सक्ने बागलुङ प्रहरीको अनुमान छ ।
एसपी नै फिल्डमा खटिए
यता, स्थानीय तुलबहादुर बिकको शव फेला परे संगै अहिले जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दयानिधी ज्ञवाली आफैं फिल्डमा खटिएका छन् ।

स्थानीयले शव फेला परेको खबर प्रहरीलाई गराएसंँगै एसपी ज्ञवालीको कमान्डमा बागलुङ प्रहरी घट्नास्थलतर्फ गएको हो । उनको कमान्डमा एक प्रहरी निरीक्षक सहित ६ जना प्रहरीले बुधबारदेखि नै अनुसन्धान गरिरहेको छ ।
घट्नाबारे बागलुङ प्रहरीका प्रमुख दयानिधी ज्ञवालीले अहिलेसम्म कुनै सुराक नपाएको बताएका छन् । अहिलेसम्म केही सुराक पाएका छौँ, उनलेे भने हामी घट्नाका बिषयमा गहिरो ढंगले अध्ययन तथा अनुसन्धान गरिरहेका छौँ । केही दिनमै हामी यथार्थ बाहिर ल्याउन्छौं ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्