Techie IT
बुधबार, मंसीर ३,२०८३

बागमती नदी महोत्सव हुने


काठमाडौं । २२ औं बागमती नदी महोत्सव–२०२२ हुने भएको छ । नेपाल एसोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा) तथा नेपाल नदी संरक्षण केन्द्रको संयूक्त आयोजन र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमामा आगामी शनिबार बागमती नदी महोत्सव हुने भएको हो ।

कोपण्डोल, बागमती पुल, ललितपुरमा २१ वर्षदेखि मनाउँदै आएको बागमती नदी महोत्सवले यस वर्ष पनि निरन्तरता पाएको छ ।
बिहीबार बाग्मती नदीको महोत्सवको जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै केन्द्रका अध्यक्ष मेघ आलेले बाग्मती नदीको संरक्षण र सम्बद्र्धनमा महोत्सवले भूमिका खेल्ने विश्वास लिएका छन् । महोत्सवमा ¥याफ्टिङसहितका गतिविधि हुने उनको भनाई छ ।

उपत्यकाको मुख्य सभ्यताको आधार नै वागमती भएकाले सफा वागमती बनाउने महोत्सवको उद्देश्य रहेको आयोजकले जनाएको छ । शनिबार बिहान ७ बजेदेखि कुपण्डोल, बागमती पुल, ललितपुरबाट जलयात्रा सुरु गरिने भएको छ । महोत्सवमा पञ्चकन्या र पञ्चे बाजाले मनोरञ्जन दिने छ ।


क्याटेगोरी : समाचार
ट्याग : #बागमती नदी महोत्सव हुने


तपाईको कमेन्ट लेख्नुहोस्