तार्केश्वर ७ फुटुङ्गमा बजरंगी फिटनेश संचालन
काठमाडौं। तार्केश्वर नगरपालिका ७ फुटुङ्गमा बजरंगी फिटनेश संचालनमा आएको छ।
नेपाली कांग्रेसका नेता तथा पूर्वरक्षा मन्त्री भिमसेनदास प्रधानले बुधबार रिबन काटेर उक्त जिमको उद्घाटन गर्नुभएको हो।
करिब १ करोड ३० लाखको लागतमा बनेको बजरंगी फिटनेसमा शाही युवा शक्ति नेपालका केन्द्रिय अध्यक्ष पशुपति खड्का, व्यवसायी राम चौहान र मचां काजि महर्जनको संयुक्त लगानी रहेको छ।
जिमको उद्घघाटन गर्दै कांग्रेस नेता प्रधानले फिटनेस आजको आवश्यकता भएको भन्दै युवाहरुलाई जिम फिटनेसमा निरन्तरता दिन सुझाब दिए। बजरंगी फिटनेशनका संचालक पशुपति खड्काले यस क्षेत्रमा पहिलो पटक जिम हल संचालन गर्दा धेरै युवाहरुलाई आकर्षित गरेको र यसपटक थप व्यवस्थित र सुविधायुक्त जिमहल संचालनमा ल्याएकाले बजरंगी फिटनेस धेरै युवाहरुको प्रमुख रोजाई बन्नेमा आफु विश्वस्त रहेको बताए।
बजरंगी फिटनेसमा बद्रि प्रसाद तिवारी प्रशिक्षक रहने छन् । उनले उद्घाटन कार्यक्रममा उपस्थितका लागि डेमो प्रस्तुती दिएका थिए।
बजरंगी फिटनेसले जिमहल संगै ईलाम ग्रिन टि एण्ड फुड क्याफेको सहकार्यमा व्यायाम गर्नेहरुलाई लक्षित गर्दै बिशेष फूड क्याफे पनि संचालनमा ल्याएको छ।
कार्यक्रममा तार्केश्वर ७ का वडा अध्यक्ष सानुकाजी खत्री, नेपाली कांग्रेस ईलामका जिल्ला सभापती डम्मर खड्का, व्यवसायी हरि कृष्ण रावल लगाएतको सहभागीता रहेको थियो।

क्याटेगोरी : समाचार
ट्याग : #तार्केश्वरमा ७ फुटुङ्गमा बजरंगी फिटनेश संचालन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्