‘हँसिया हथौडा चिन्ह लिएर उठेपनि वामदेवले फेरि चुनाव हार्छन्’: युवराज दुलाल
काठमाडौं । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य युवराज दुलाल शरदले नेकपा एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमलाई जनताले अनुमोदन नगर्ने तर्क गरेका छन् ।
माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकारभित्रको हँसिया हथौडाबाट लड्ने सहमति भएपछि संयोजक गौतम प्रति दुलालले असन्तुष्टि जनाएका हुन्।
उनले फेसबुकमा लेखेका छन्, ‘…भन्दा देख्नेलाई लाज। हामी कोही राजनीतिकर्मी लाजहराम भयौं भन्दैमा राजनीतिनै लाजहराम त हुदैन नी। राष्ट्रिय सभा सदस्य राजीनामा दिएर चुनाव उठ्ने कुरा देशको आवश्यकता होइन। गोलाकारभित्रको हँसिया हथौडा चिन्हमा उठे पनि हुदैन, अरु कुनैमा उठे पनि मतदाताले अनुमोदन गर्दैनन् । चेतना भया।’
राष्ट्रिय सभा सदस्य राजीनामा दिएर चुनाव उठ्ने कुरा देशको आवश्यकता नभएको उनको बुझाइ छ। २०७४ को निर्वाचनमा गौतम बर्दियाबाट पराजित भएका थिए।
क्याटेगोरी : समाचार
ट्याग : #युवराज दुलाल, #वामदेव गौतम
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्