राष्ट्रवादी महिला संघको दोस्रो राष्ट्रिय सम्मेलन आजदेखि सुरु
काठमाडौं । राष्ट्रवादी केन्द्र नेपालको भातृ संगठन राष्ट्रवादी महिला संघको दोस्रो राष्ट्रिय सम्मेलन आजदेखि सुरु भएको छ । आज देखि सुरु भएको सम्मेलनमा बोल्दै संयोजक रञ्जु बानियाँ थापाले संगठन निर्माणको कार्यलाई तीव्र रुपमा जोड दिएको बताईन् ।
उनले देशमा भ्रष्टचार, दलाल र यूवाहरुलाई विदेशमा बेच्ने व्यवस्था सिर्जना भएको आरोप लगाउँदै यसको अन्त्यको लागि आगामी दिनमा आन्दोलनमा जाने चेतावनी दिईन् ।
राष्ट्रवादी महिला संघले अहिलेको समयमा संगठन निर्माणको कार्यलाई तीव्ररुपमा जोेड दिएको छ र भोलिका दिनमा देशको भ्रष्ट व्यवस्था, भ्रष्टचारी, दलाल व्यवस्थालाई र हाम्रो नेपाली यूवाहरुलाई विदेशमा बेच्ने व्यवस्थाको अन्त्य गर्नको लागि हामि अवका दिनहरुमा आन्दोलनमा जादै छौं ।
थापाले महिला संघ नेपाल राष्ट्रियता, धर्म–संस्कृत, जनजीविकाका सवालमा आवाज उठाउँदै अगाडी बढिरहेको जिकिर गरिन् । उनले स्वास्थ्य–शिक्षा निःशुल्क पाउने नेपालीको अधिकार भएपनि राज्यले यसबाट नागरिकलाई बञ्चित गराएको टिप्पणी गरिन् ।
देशलाई वैदिक सनातन धर्म सापेक्ष राष्ट्र, शिक्षा–स्वास्थ्य निःशुल्क र संघियता खारेज हुनुपर्छ भन्ने माग गरेको उनको भनाई छ ।
क्याटेगोरी : समाचार
ट्याग : #राष्ट्रवादी महिला संघ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्