अर्थमन्त्री र हर्क साम्पाङबीच भेटवार्ता
अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ र धरानका मेयर हर्क साम्पाङबीच मंगलवार भेटवार्ता भएको छ । मन्त्री शर्मा र मेयर साम्पाङबीच मंगलवार अर्थमन्त्रालयमा भेटवार्ता भएको हो ।
भेटमा अर्थमन्त्री शर्माले धरान उपमहानगरपालिकाको खानेपानीको समस्या समाधानका लागि आवश्यक सहयोग गर्न संघीय सरकार प्रतिबद्ध रहेको बताएका थिए । प्राविधिक तयारी सकिएपछि खानेपानी आयोजना सम्पन्न गर्न आवश्यक पर्ने बजेट जुटाउन संघीय सरकारले सहयोग गर्ने मन्त्री शर्माले आश्वासन दिएका थिए
भेटमा मन्त्री शर्माले मेयर साम्पाङ र उनको टीमले धरानका जनताको खानेपानी समस्या समाधान गर्न गरेको जनपरिचालनको उच्च प्रशंसा गरेका थिए । ‘तपाईंले अहिले खानेपानीको समस्या समाधानका लागि गरिरहेको जनपरिचालन निक्कै उदाहरणीय छ’, उनले भने ।
भेटमा मेयर साम्पाङले धरानमा खानेपानीको मुख्य समस्या रहेको र यसलाई समाधान गर्न संघीय सरकारको सहयोग आवश्यक रहेको बताएका थिए । उनले भने, ‘तपाईंहरू हाम्रो अभिभावक हो जनताको यो समस्या समाधान गर्न आवश्यक सहयोग गरिदिनु होला ।’
भेटमा धरान महानगरपालिकाका उपमेयर अईन्द्रविक्रम बेघा पनि सहभागी थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #अर्थमन्त्री र हर्क साम्पाङबीच भेटवार्ता, #जनार्दन शर्मा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्