Techie IT
बिहीबार, कात्तिक २७,२०८३

भक्तपुरमा गेटको ढोका पल्टिदा ५ वर्षीया बालिकाको मृत्यु


भक्तपुर । मध्यपुरठिमी नगरपालिका–१ लोकन्थली रमाईलो चोकस्थित तिलक प्रसाद गौतमको घरको कम्पाउण्डमा रहेको फलामे गेट अचानक पल्टिदा ५ वर्षीया बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही घरमा पाहुना आएकी नुवाकोट बिदुर नगरपालिका–८ घर भई हाल भक्तपुर बोडे बस्ने गौतम अर्यालकी छोरी श्रीसिजा अर्याल हुन् ।
उक्त गेटको ढोकाले किच्दा गम्भीर घाइते भएकी उनको मध्यपुर अस्पताल भक्तपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।


क्याटेगोरी : समाचार
ट्याग : #बालिकाको मृत्यु, #भक्तपुरमा गेटको ढोका पल्टिदा ५ वर्षीया बालिकाको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्