Techie IT
बुधबार, मंसीर ३,२०८३

नागरिकता विधेयकमाथि पूनर्विचार गर्न सरकारको ध्यानाकर्षण


काठमाडौं । प्रतिनिधिसभाकी सांसद विमला विश्वकर्माले नेपाल नागरिकता विधेयकमाथि पूनर्विचार गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
प्रतिनिधिसभाको शुन्य समयमा बोल्दै उनले प्रतिपक्षको असहमति र जनताको चर्को विरोधको बिचमा पनि गठबन्धनले बहुमतको दममा जबरजस्ती ढंगले दुबै सदनबाट विधेयक पारित गराएको आरोप लगाइन् । अहिले प्रकाणिकरणको लागी राष्ट्रपतिकोमा पठाएको नागरिकता विधेयक संघिय संसदमा नै पूनःविचारका लागी पठाईउनु राष्ट्रपति विद्यादेवी भण्डारीको उचित कदम भएको जिकिर गरिन् । उनले राष्ट्रपति भण्डारीलाई देश र जनताको माया गर्ने राष्ट्रकी छोरीको रुपमा चित्रित गरिन् ।

प्रतिपक्षको असहमति र जनताको चर्को विरोधकाबीच पनि गठबन्धनको बहुमतको दम्भमा जबरजस्ती ढंगले दुवै सदनबाट पारित गरेर प्रमाणिकरणका निम्ति राष्ट्रपतिकोमा पठाएकोमा नेपाल नागरिकता विधेयक संघीय संसदमा नै पुनर्विचारका लागि पठाइदिनुभएकोमा देश र जनताको माया गर्ने राष्ट्रकी छोरी सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीज्यूप्रति उच्च सम्मानसहित धन्यवाद दिन चाहन्छु ।

उनले एमालेलाई परास्त गर्न ५ दलले नसक्ने भएर अन्य दलको गठजोड बनाउन लागेको आरोप लगाएकी छिन् । एमालेविरुद्ध गठबन्धन बनाउन लागेकोमा असन्तुष्टी व्यक्त गर्दै ५ दलले नभएर अरु दलसमेत मिलेर गठजोड गर्न खोज्दै छ कि के गर्दै छ भनेर सरकारसँग प्रश्न गरेकी हुन् । उनले काठमाण्डौ उपत्यकाको फोहोरको समस्या पनि उठान गरेकी छिन् । आफु मन्त्रीहुँदा सबथोक ठिक गर्छु भन्ने सहरिविकास मन्त्री यतिवेला कता हुनुहुन्छ भन्दै मेटमणि चौधरीलाई प्रश्न गरेकी छन् ।


क्याटेगोरी : समाचार
ट्याग : #सांसद विमला विश्वकर्मा


तपाईको कमेन्ट लेख्नुहोस्