‘अध्यादेश र विधेयक उस्तै होइन’: नेकपा एमाले
काठमाडौँ । नागरिकता विधेयकका सम्बन्धलाई लिएर राष्ट्रपति जस्तो संस्थामाथि आक्षेप लगाइएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले आपत्ति जनाएको छ ।
प्रतिनिधिसभाको आजको बैठक शुरु हुनेबित्तिकै सो दलका प्रमुख सचेतक विशाल भट्टराईले अध्यादेश र विधेयकलाई उही कोणबाट हेर्ने आफैँमा मिल्ने विषय नभएको बताउनुभयो । राष्ट्रपतिले सङ्घीय संसदले पारित गरेर पठाएको नागरिकता विधेयक पुनः विचारका लागि फिर्ता पठाएपछि विभिन्न टिका टिप्पणी भइरहेकामा उहाँले गुनासो गर्नुभयो । एमालेले नागरिकतामा राखिएको केही प्रावधान देशको हित विपरीत रहेको भन्दै त्यसको उचित निरुपण गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
यस्तै, सांसद लक्ष्मी परियारले दलित समुदायलाई गलत र अपमानजनक नाम राखेर जारी गरिएको नागरिकता नसच्याइएको भन्दै सदनको ध्यानाकर्षण गराउनुभयो । दैलेखका एक नागरिकले नागरिकता सच्याउनका लागि आवेदन दिएको भएपनि त्यसको सुनुवाई नभएको र सम्बन्धित अधिकारीले उल्टै अपमान गरेकामा उहाँले आपत्ति प्रकट गर्नुभयो ।
सांसद कमला रोक्काले केही दिन पहिले पूर्वी रुकुममा भएको सडक दुर्घटनाप्रति सदनलाई जानकारी गराउँदै सडक सुधारमा ध्यान दिन नसकेकोमा सरकारको ध्यानाकर्षण गराउनुभयो । स्थानीय शहिदमार्गको सुधारमा कुनै ध्यान नदिइएको, सञ्चार सुविधा उपलब्ध गराउन चासो नराखेको तथा विद्युत् सेवा उपलब्ध गराउनका लागि कुनै पनि पहल नभएको भन्दै तत्काल ती समस्या समाधानका लागि उहाँले आग्रह गर्नुभयो । रासस
क्याटेगोरी : समाचार
ट्याग : #नागरिकता विधेयक, #नेकपा एमाले, #प्रतिनिधिसभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्