पेरिसडाँडामा पीडित किसानहरुको धर्ना
काठमाडौं । नेकपा माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा आज नक्कली जग्गाधनी खडा गर्ने र भ्रष्ट कर्मचारीलाई कारबाहीको माग गर्दै नलवपरासीका पीडित किसानहरुले धर्ना दिएका छन् ।
एकातर्फ स्थायी कमिटिको बैठक बसिरहेको बेला अर्कोतर्फ आफूले वर्षौदेखि भोगचलन गर्दै आएको जग्गा नक्कली जग्गाधनी बनेर अर्कैको नाममा नामसारी गरेर भूमाफियाले जग्गा हडपेको भन्दै नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका–६ का पीडित संघर्ष समितिले आज बिहान माओवादीको पार्टी कार्यालय अगाडि धर्ना दिएका हुन् ।
उनिहरुले ३ दिनदेखी धर्ना दिरहेका छन् । तर आफ्नो कुराहरु राख्न र बोल्न नदिएको पीडित किसानहरु बताउछन् ।
हामी एकदम अन्योलमा छौं । ३ दिन देखी हामी धर्ना बसिरहेका छौं । आज पेशी हो तर माथि जाउ प्राइभेट वकिल राख भन्छन् । मलाई कहि बोल्न दिँदैनन् ।
बैठकस्थलमा धर्ना दिन पुगेका उनीहरुको नाममा भएको जग्गा भारतबाट आएर अर्के व्यक्तिले नक्कली जग्गाधनी बनेर उनीहरुको जग्गा हडपेपछि उनीहरु घरबारबिहीन भएका हुन् ।

क्याटेगोरी : समाचार
ट्याग : #breaking, #नेकपा ( माओवादी केन्द्र, #पेरिसडाँडामा पीडित किसानहरुको धर्ना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्