जुम्लामा थपिए एक हजार नौ सय २७ नयाँ मतदाता
जुम्ला। आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जुम्ला जिल्लामा एक हजार नौ सय २७ मात्र नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।
आयोगले असारबाट सुरु गरेको मतदाता नामावली सङ्कलन अन्तर्गत जिल्ला प्रशासन कार्यालय जुम्लाबाट आठ सय ८४, इलाका प्रशासन कार्यालय सिंजा नराकोटबाट चार सय ९० र जिल्ला निर्वाचन कार्यालयबाट पाँच सय २६ र बाहिरी जिल्लाबाट २७ जनाले मतदाता नामावलीमा नाम दर्ता गराएको जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर धनबहादुर रावलले जानकारी दिनुभयो ।
यही साउन १९ गते सरकारले आगामी मङ्सिर ४ गते प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनको मिति घोषणा गरेपछि साउन २० गतेबाट मतदाता नामावली सङ्कलन बन्द भएको थियो । उहाँले भन्नुभयो,“ निर्वाचन कार्यालय जुम्ला तथा जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालय नराकोट गरी तीन ठाउँबाट जिल्लामा मतदाता नामावली सङ्कलन भएको थियो । सो अवधिमा ३० जनाले मतदाता नामावलीमा आफ्नो नाम सच्याएका छन् । ३१ जनाले मतदाता नामावली सारेको कम्प्युटर अपरेट रावलले जानकारी दिनुभयो ।”
गतको स्थानीय तहको निर्वाचनमा जिल्लाबाट ६७ हजार सात सय ४४ जनाको नाम मतदाता नामावलीमा दर्ता भएको निर्वाचन कार्यालयले जनाएको छ । एक नगरपालिकासहित सात गाउँपालिका गरी आठ स्थानीय तह रहेको जिल्लामा जिल्लाभरि ७९ मतदानस्थल र एक सय दुई मतदान केन्द्र स्थानीय तहको निर्वाचनमा कायम गरिएको निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।
जिल्लाको कूल मतदाता सङ्ख्याको आधारमा केही मतदानस्थल र मतदान केन्द्रको सङ्ख्या बढ्न सक्ने आयोगले जनाएको छ । आयोगको केन्द्रीयबाट जुम्लाको मतदाता सङ्ख्याको विवरण पठाएपछि मात्र मतदानस्थल र मतदान केन्द्रको टुङ्गो लाग्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । आयोगले मतदाता नामावली थप्नका लागि देशका जुनसुकै निर्वाचन कार्यालयमा आवेदन दिन सक्ने व्यवस्था गरेको थियो ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन, #मतदाता नामावली सङ्कलन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्