भारतको फुटबल महासंघ फिफाद्वारा निलम्बित
काठमाडौं। विश्व फुटबलको सर्वोच्च संस्था फिफाले भारतीय फुटबल महासंघ (एआईएफएफ)लाई निलम्बन गरेको छ ।
भारतीय फुटबल महासंघमा राजनीति हस्तक्षेप भएपछि नियमहरुको गम्भीर उल्लंघन भएको भन्दै फिफाले निलम्बन गरेको हो ।
त्यस्तै, आगामी अक्टोबरमा भारतले आयोजना गर्र्न लागेको यू–१७ महिला विश्वकप फुटबल पनि अर्काे देशमा सारिने भएको छ ।
फिफाले तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै अगस्टको सुरुमै निलम्बन गर्ने चेतावनी दिएको थियो ।
फिफाले प्रतिबन्धन लगाएसँगै भारतले छैठौं संस्करणको साफ महिला च्याम्पियनसिप फुटबलमा खेल्न नपाउने भएको छ ।
महिला साफ भदौ २९ देखि असोज ३ सम्म काठमाडौंमा हुँदैछ ।
२०७५ चैतमा विराटनगरमा साफ महिला च्याम्पियनसिपको पाँचौ संस्करण फाइनलमा भारतले नेपाललाई ३–१ गोलले हराउँदै उपाधि जितेको थियो ।
क्याटेगोरी : खेलकुद, समाचार
ट्याग : #फिफा, #भारतको फुटबल महासंघ फिफाद्वारा निलम्बित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्