Techie IT
मंगलबार, असार २३,२०८३

९० किलो गाँजा सहित एम्बुलेन्स चालक पक्राउ


काठमाडौं । सिरहामा एम्बुलेन्सबाट ९० किलो गाँजा बरामद भएको छ । प्रहरीले गाँजा भेटिएपछि चालकलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार सोमबार राति पूर्व–पश्चिम राजमार्ग अन्तर्गत लहान नगरपालिका–१ मा को १ च ७५७७ नम्बरको एम्बुलेन्समा चेकजाँजका क्रममा गाँजा बरामद भएको हो ।

एम्बुलेन्सको पछाडि बिरामी राख्ने भागमा ५ वटा बोरामा प्याक गरेर राखिएको अवस्थामा गाँजा र २८ हजार रुपैयाँ नगद बरामद भएको प्रहरीले जनाएको छ ।

प्रहरीले चालक सिरहाको धनगढीमाई नगरपालिका–९ बस्ने २९ वर्षीय सरोज लामालाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको जनाएको छ ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #९० किलो गाँजा सहित एम्बुलेन्स चालक पक्राउ, #hot


तपाईको कमेन्ट लेख्नुहोस्