पत्रचार गरेर करारका कर्मचारी हटाउँदै तारकेश्वर , गुम्नेभयो १०० भन्दा बढीको रोजगारी
काठमाडौं । तारकेश्वर नगरपालिकाले नगरभित्रका करार कर्मचारी निकाल्ने भएको छ । नगरपालिकाको साउन २९ गतेको च नं ६१६ को पत्र मार्फत सबै वडा कार्यालय र नगरका शाखाहरुलाई २०७४ सालमा नियुक्ती भएका अस्थाही कर्मचारी हटाउन पत्रचार गरेको छ ।
नगरपालिकाले करार कर्मचारीलाई सम्बन्धित शाखा तथा कार्यालयले हाजिर गराएमा सम्बन्धित व्यक्तिले दाबी गर्ने तलब, पारिश्रमिक तथा अन्य सुविधा हाजिर गराउने व्यक्ति नै जिम्मेवार हुनेसमेत चेतावनी दिएको छ ।
साउन २६ गते बसेको कार्यपालिका बैठकले साबिक गा.बि.स बाट नियुक्ती भएका स्वास्थ , शिक्षा लगायतका शाखागत कर्मचारीहरुको करार नवीकरण नगर्ने निर्णयसंगै नगरपालिकाका कर्मचारी भित्र नयाँ हलचल सुरु भएको छ ।
तारकेश्वर नगरपालिकामा कार्यरत स्थायी कर्मचारीहरूले केही समयअघि नगर प्रमुख कृष्णहरि महर्जनलाई ज्ञापनपत्र बुझाएका थिए । तारकेश्वर नगरपालिकामा नयाँ नगर प्रमुख आएपछि भईरहेका गतिविधी र घटनाक्रमलाई लिएर कर्मचारीहरु ससंकित भएका छन् । त्रासमुक्त वातावरणमा काम गर्न पाउनुपर्ने माग राखी स्थायी कर्मचारीहरुले नगर प्रमुख कृष्णहरि महर्जनलाई ज्ञापनपत्र बुझाए पनि नगरप्रशासन आफ्नो निर्णयमा पछि हटेको छैन ।
तारकेश्वरको यो निर्णयले करार सेवामा कार्यरत १०० भन्दा बढीको रोजगारी गुम्ने देखिन्छ । नगरपालिकाले भने व्ययभार बढेको भन्दै अब करार कर्मचारीलाई राख्न नसकिने बताएका छन् ।
कर्मचारी हटाउने बिषयमा गरिएको निर्णयमाथि कांग्रेसकै नेता कार्यकर्ताबाट बिरोध सुरु भएको छ । खर्च कटौती गर्ने नाममा अघिल्लो स्थानीय सरकारका नियुक्ति खारेज गर्ने र नयाँ नियुक्ति गर्ने परिपाटीको विकास गर्न खोजेको एमाले तारकेश्वरको आरोप छ भने यसको बिरुदमा बिभिन्न संघर्षको कार्यक्रम गर्ने बताएको छ ।
हेर्नुहोस नगरपालिकाको सूचना

क्याटेगोरी : समाचार, स्थानीय
ट्याग : #hot, #कर्मचारी हटाउँदै तारकेश्वर
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्