चितवनको भरतपुर २२ बाट नगदसहित ६ जुवाडे पक्राउ
चितवन । चितवनको भरतपुरबाट नगदसहित ६ जना जुवाडेलाइ सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
स्थानीय बिष्णुराज महत्तोको घरमा जुवातास भइरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय गितानगरबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको प्रहरीको टोलीले भरतपुर महानगरपालिका वर्डा नम्बर २२ बाट जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका १३ बस्ने साजन आले, भरतपुर महानगरपालिका १४ बस्ने सत्यनारायण महतो, भरतपुर महानगरपालिका २१ बस्ने हिरा पौडेल, भरतपुर महानगरपालिका २२ का विकास सापकोटा, विष्णुराज महतो, देवराम महतोलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले ४२ हजार ५०० नगद र १५ बुक तास समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पछिल्लो समय चितवन प्रहरीले जुवातास विरुद्ध अप्रेसन नै चलाइरहेको छ । जुवातास विरुद्ध आक्रमक भएको चितवन प्रहरीले गत, साउन २३ गते बिहान मात्रै भरतपुर ११ स्थित गणेशस्थान चोकबाट नगद तीन लाख रुपैयाँसहित १२ जना जुवाडेलाइ पक्राउ गरेको थियो ।
क्याटेगोरी : अपराध/सुरक्षा, विशेष, देश परदेश, समाचार, स्थानीय
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्