बञ्चरे डाडाँका ल्यान्डफिल्ड प्रभावितद्वारा आन्दोलनका कार्यक्रम स्थगित, नयाँ रुपमा अगाडि आउने घोषणा
काठमाण्डौं । उपत्यकाको फोहोर व्यवस्थापनको ल्याडफिल्ड साइट बञ्चरे डाँडाका प्रभावितले तत्काललाई आन्दोलन स्थगितको घोषणा गरेका छन् । उनीह?ले सरकारले मागेको तीन महिना अवधि हेरेर भावी कदम चाल्ने बताए ।
रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै बञ्चरे डाडाँ फोहोर ल्याडफिल्ड साइट प्रभावीत क्षेत्र व्यवस्थापन सरोकार समितिले सरकारले प्रभावित क्षेत्रमा परेको असर र समस्या समाधानको उपायबारे प्रतिवेदन तयार पार्न ३ महिना समय मागेपछि आन्दोलन हाललाई रोकेको जानकारी दिएको हो ।
गत साउन २९ गते शहरी विकास मन्त्रालयले प्राविधिक परामर्श टोली गठन गर्ने र उक्त टोलीले तयार पारेको प्रतिवेदन अनुसार काम अघि बढाउने निर्णय गरेसँगै आन्दोलनका कार्यक्रम हाललाई स्थागित गरिएको समितिका संयोजक श्रीराम ढुंगानाले जानकारी दिए ।
“विगतदेखी भएको सहमतीको कार्यन्वयनमा नेपाल सरकार जाने भनेपछि आन्दोलन स्थगित भयो । प्रधानन्त्री कार्यलयदेखि मन्त्रालयसम्म र सम्पूर्ण काठमाडौं जनसमुदायमा देश,राजधानी र राष्ट्रप्रतिको दायित्व जिम्मेवार गर्दै सबै प्राविधिक कमिटिलाई चाँडो भन्दा चाँडो प्रतिवेदन नेपाल सरकारलाई पठाउनुपर्छ भन्ने कुरा आयो हामीले यो आन्दोलन स्थगन गरेका हौं । आन्दोलनको ?प पविर्तन मात्रै गरिएको हो ।”
उनले ३ महिनासम्म सम्पुर्ण सिस्डोल फोहोर व्यवस्थापन संघर्ष समितिह?ले आफ्नो आन्दोलन रोकेर प्राविधिकको टोलीलाई सहयोग गर्ने बताए । ढुंगानाले काठमाडौं महानगरको काम र भुमिकालाई हेरेर आफुह?को गतिविधि बढाइने स्पष्ट पारे ।
‘त्यहाँका उद्योग, बस्तीलाई स्थानान्तरण गर्ने स्थायी समाधानका विकल्प नभएसम्म, महानगरपालिकाको व्यवस्थापनको रणनीति हेरेर फेरी गतिविधिह?लाई अघि बढाउने छौं ।’
उनले राज्यको प्रतिनिधित्व गर्ने काठमाडौं महानगरले धेरै वर्षदेखि स्थानीयह?लाई अवान्चित ?पमा समस्या खडा गरेर चुप बसेको भन्दै उक्त कार्य फेरी नदोहोर्याउन समेत चेतावनी दिए ।
ढुंगानाले विगत १५ वर्षदेखि नेपाल सरकार, मन्त्रिपरिषद र सम्बन्धित मन्त्रालयह?ले पुर्न लेखन गरेर त्यहाँको वातावरण, पश्पक्षी, जग्गा प्राप्ती, गुठी, कृषी उद्योग,छाडा जंगली जनावरले गरेका असरको बारेमा अध्ययन गरेपनि समाधानबारे चासो नदिएको बताए ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #बञ्चरे डाँडा, #ल्याडफिल्ड साइट बञ्चरे डाँडा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्