देशका गहनालाई सबैले संरक्षण गर्नुपर्छ: प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको भाषा, कला, साहित्य संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन प्रज्ञा प्रतिष्ठानले महत्त्वपूर्ण भूमिका खेलिरहेको बताउनुभएको छ ।
काठमाडौँमा आज आयोजित नेपाल प्रज्ञा प्रतिष्ठानको ३७ औँ प्राज्ञ सभाको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले नेपाली साहित्य कला देशका गहना भएकाले तिनको संरक्षण गर्न सबै लाग्नुपर्ने बताउनुभयो ।
प्रधानमन्त्री देउवाले भौगोलिक विविधताले भरिपूर्ण नेपालको आफ्नै वीरतापूर्ण इतिहास भएकाले यसलाई जोगाउनुपर्ने र हिमाल, पहाड तराई उपत्यकाभित्र बसोबास गर्ने सबै जाती भाषा संस्कृतिलाई संरक्षण गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले नेपाली जहाँ जहाँ पुगेका छन्, भाषा र साहित्य पनि त्यहाँ पुगेको भन्नुहुँदै प्रज्ञा प्रतिष्ठानले देश विदेशमा रहेका नेपाली साहित्यकारहरूलाई एकै ठाउँमा समेट्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जिवनराम श्रेष्ठले प्रज्ञा प्रतिष्ठानले नेपाली शब्दकोषको मोबाइल एप सञ्चालन गरेपछि विश्वभरि छरिएर रहेका नेपालीहरूका लागि नेपाली शब्द जान्ने सिक्ने अवसर प्राप्त भएको बताउनुभयो ।
मन्त्री श्रेष्ठले महाकवि लक्ष्मीप्रसाद देवकोटा सङ्ग्रहालयको निर्माण अन्तिम चरणमा पुगेको र केही दिनमा नै उद्घाटन गरिने जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #शेरबहादुर देउवा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्