निर्वाचन सुरक्षा रणनीति र निर्वाचनका चुनौतीबारे छलफल
काठमाडौँ । केन्द्रीय सुरक्षा समितिको बैठकले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि गृह मन्त्रालयका सचिव टेकनारायण पाण्डेको संयोजकत्वमा छ सदस्यीय ‘केन्द्रीय कमाण्ड पोष्ट’ बनाउने निर्णय गरेको छ ।
गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा आज गृह मन्त्रालयमा बसेको समिति बैठकले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आवश्यक सुरक्षा रणनीति र आइपर्न सक्ने चुनौतीबारे छलफल गरेपछि केन्द्रीय कमाण्ड पोष्ट बनाउने निर्णय गरिएको हो ।
सिंहदरबारस्थित गृह मन्त्रालयमा भएको समिति बैठकमा निर्वाचन व्यवस्थापन, तयारी, निर्वाचन सुरक्षा योजना र सुरक्षा जनशक्ति परिचालनका विषयमा छलफल भएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।
उक्त बैठकले गृह मन्त्रालयका सुरक्षा तथा समन्वय महाशाखा प्रमुख फणिन्द्रमणि पोखरेलको संयोजकत्वमा ‘केन्द्रीय संयुक्त निर्वाचन सेल’ बनाउने पनि निर्णय गरेको छ ।
सहसचिव पोखरेलकै संयोजकत्वमा ‘गृह मन्त्रालय, निर्वाचन सेल’ बनाउने निर्णय गरिएको बैठकमा निर्वाचन सम्पन्न गर्न आइपर्न सक्ने चुनौती र त्यसलाई सम्बोधन गरी समाधान गर्ने उपायका विषयमा विस्तृत रुपमा छलफल भएको थियो ।
बैठकले प्रत्येक प्रदेशका लागि सम्पर्क तथा समन्वयका लागि गृह मन्त्रालयका सहसचिवको नेतृत्वमा रहने गरी ‘प्रदेश समन्वय तथा सम्पर्क सेल बनाउने भएको छ ।
प्रदेशस्तरमा कमाण्ड पोष्ट र प्रदेश निर्वाचन सेल तथा जिल्ला स्तरमा जिल्ला कमाण्ड पोष्ट र जिल्ला निर्वाचन सेल बनाउने पनि निर्णय भएको गृह मन्त्रालयले जनाएको छ ।
बैठकले नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र राष्ट्रिय अनुसन्धान विभागका केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयमा आवश्यकताअनुसार साङ्गठनिक निर्वाचन सेल बनाउन सक्ने सुझाव दिएको छ ।
बैठकमा गृहसचिव पाण्डे, रक्षा सचिव किरणराज शर्मा, नेपाली सेनाका रथी बालकृष्ण कार्की, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेललगायत सहभागी हुनुहुन्थ्यो ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #hot, #निर्वाचन सुरक्षा रणनीति र निर्वाचनका चुनौतीबारे छलफल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्