नागरिकता विधेयक फिर्ता भएकोमा कमल थापाद्धारा स्वागत
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले नागरिकता विधेयक पुनर्विचारका लागि संसद्मा पुनः पठाउने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमको स्वागत गर्नुभएको छ ।
नेपाली पुरुषसँग विवाह गरेका महिलालाई समय सीमाको बन्देज बिना नै नागरिकता दिने तथा बाबुको पहिचान नखुलेको आमाले स्पष्टीकरण दिनु पर्ने लगायतको विषयलाई सम्बोधन गर्नुपर्ने लगायत विषयमा प्रश्न गर्दै राष्ट्रपति भण्डारीले विधेयक संसद्मा फिर्ता गर्नुभएको थियो । सो कदमलाई राप्रपा अध्यक्ष नेपालले स्वागत गर्नुभएको हो ।
“विभेदकारी र राष्ट्र हित विपरीतको नागरिकता विधेयक पुनर्विचारको लागि फिर्ता पठाउने राष्ट्रपतिको निर्णय स्वाभाविक छ” थापाले स्वदेश फर्के लगत्तै भन्नुभएको छ, “राष्ट्रपतिद्वारा संवैधानिक कर्तव्यको निर्वाह भएको छ।”
राष्ट्रपतिले विधेयक फिर्ता गरेको विषयलाई सङ्घीय संसद्ले हठ गर्न नहुने पनि भन्दै थापाले सो विषयको निर्णय गर्ने अधिकार नयाँ सरकारलाई दिनुपर्ने सुझाव पनि दिनुभएको छ । “अब संसद्ले हठ प्रदर्शन नगरोस्, ढिलो गर्ने काम सरकारले गरेको हो ।अब यो विषयको जिम्मा नयाँ जनादेश प्राप्त संसद्लाई दिनुपर्छ ।” उहाँले भन्नुभयो ।
क्याटेगोरी : समाचार
ट्याग : #कमल थापा, #कमल थापाद्धारा नागरिकता विधेयक फिर्ताको स्वागत, #नागरिकता विधेयक
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्