Techie IT
मंगलबार, असार २३,२०८३

लुटपाट गरेको अभियोगमा पक्राउ


काठमाडौं । बर्दियामा लुटपाट गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत बहराईच मोतिपुर नानपारा तहसिल चौधरीगाउँ बस्ने २६ वर्षीय रजन दर्जी रहेका छन् ।
बढैयाताल गाउँपालिका–८ कण्ठपुर स्कुल लाईन बस्ने ८३ वर्षीया वद्ध महिलाको सुनको २ थान कानबाली र फुली लुटपाट गरेको अभियोगमा उनलाई आइतबार दिउँसो पक्राउ गरेको प्रहरीले जनाएको छ ।
घरमा एक्लै बसिरहेकी ती महिलाको गहना रजनले लुटपाट गर्दा महिलाले हो–हल्ला गरेपछि प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #लुटपाट गरेको अभियोगमा पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्