चर्चमा आगोलागी हुँदा ४१ जनाको मृत्यु
इजिप्ट । इजिप्टमा ठूलो दुर्घटना भएको छ । राजधानी काहिरोको एक क्रिस्चियन चर्चमा भएको आगलागीमा परी ४१ जनाको मृत्यु भएको छ । आगलागीको कारण खुल्न नसकेको तर सर्ट सर्किटका कारण आगलागी भएको प्रहरीको अनुमान छ ।
राजधानी काहिरोको उत्तरपश्चिममा इम्बाबा जिल्लामा रहेको अबु सिफिन चर्चमा आगलागी भएको हो । दमकलले निकै प्रयासपछि आगो नियन्त्रणमा लिएको थियो ।
आगलागी नियन्त्रण गर्न सम्भाव्य सबै कदम चालेको सुनिश्चित गर्न राज्यका सबै सेवाहरुलाई परिचालन गरिएको राष्ट्रपति अबदेल फताह अल सिसीले आफ्नो फेसबुक पेजमा घोषणा गरेका छन् । आगलागीबाट घाइते भएका ५५ जनालाई एम्बुलेन्समार्फत अस्पताल लगिएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
कोप्टस मध्य पूर्वी देशहरूमा सबैभन्दा ठूलो ईसाई समुदाय हो। इजिप्टको १० करोड जनसंख्यामा यस समुदायको सहभागिता करिब १० करोड छ। इजिप्ट अरब देशहरू मध्ये सबैभन्दा धेरै जनसंख्या भएको देश हो। कप्ट समुदायले इजिप्टमा लगातार आक्रमण र भेदभावको सामना गरिरहेको छ ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #चर्चमा आगोलागी हुँदा ४१ जनाको मृत्यु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्