पर्वतारोहण संघमा देखिएको अन्योलतालाई छिट्टै निराकरण हुन्छ : पर्यटन मन्त्री श्रेष्ठ
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले नेपाल पर्वतारोहण संघमा देखिएको अन्योलतालाई छिट्टै निराकरण गर्ने बताएका छन् ।
नेपाल पर्वतारोहण संघको वार्षिक साधारणसभा उद्घाघटन कार्यक्रमलाई सम्बोधन गर्दैै मन्त्री श्रेष्ठले पर्यटन क्षेत्रको विकासलाई अझ उचाईमा पुर्याउनको लागि आरोहण गर्ने नयाँ हिमालहरु प्रयोग गर्ने योजना अगाडी बढाएको बताए ।
“पर्वतारोहण संघमा देखिएको अन्योलतालाई सरकारको तर्फबाट छिट्टै निराकरण गर्ने र नयाँ हिमालहरु ५ हजार ८ सय मिटर देखी ८ हजार सम्मका हिमालहरुलाई अरोहणको लागी योजना अगाडी बढाएको छ ।”
पर्यटन क्षेत्रबाट नेपालको अर्थतन्त्रलाई टेवा पु¥याउन र रोजगारी सिर्जजनाका लागि २०२३ देखि २०३३ सम्म नेपाल भ्रमण दशक भनेर पर्यटन क्षेत्रमा काम गरेमा ठूलो सफलता प्राप्त गर्ने उनले दाबी गरे ।
यस्तै निमा नेरु शेर्पाले पर्यटन क्षेत्रमा रहेका आरोही र यो क्षेत्रमा महत्वपूर्ण योगदान दिने आरोहीको लागि स्रोत, साधन, कोषहरुको व्यवस्था हुनुपर्ने बताएका छन् ।
“हिमाल आरोहणको क्रममा दुर्घटनामा परि अपाङग भएकाहरुको लागी समान्य औषधि उपचारको आवश्यक छ । त्यसैले नेपालको सबै हिमचुलिबाट उठ्ने सामान्य दस्तुरको १० प्रतिशत हुन आउने नेपाल सरकार र संघको सहकार्यमा आरोहण कार्यकारी कोष खडा गर्न आग्रह गर्दछु ।”
सरकारले आरोहण कोषको स्थापना गर्न निमा नेरु शेर्पाले माग गरेका छन् ।
क्याटेगोरी : पर्यटन, समाचार
ट्याग : #जीवनराम श्रेष्ठ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्