गणपूरक संख्या नपुग्दा प्रतिनिधिसभा बैठक स्थगित
काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।
स्थगित बैठक आगामी मंगलबार बिहान ११ बजे बस्ने जानकारी दिएको छ ।
आइतबार बसेको पहिलो बैठक गणपूरक संख्या नपुगेपछि १५ मिनेटका लागि स्थगित गरिएको थियो । उक्त बैठकमा सांसद प्रेम सुवालले गणपूरक संख्या एकिन गर्न माग गरेपछि ३ मिनेट घण्टी बजाएर गरिएको गणनामा गणपूरक संख्या नपुगेको पुष्टि भयो ।
कुनै पनि प्रस्ताव निर्णयार्थ प्रस्तुत गरिँदा एक चौथाइ ६९ सदस्य हुनुपर्नेमा तीन मिनेट घण्टी बजार गणना गर्दा ६७ जना मात्र सांसद उपस्थित रहेको देखिएपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेका लागि बैठक स्थगित गरे ।
यसपछि पुनः दोस्रो पटक बसेको बैठकमा पनि सांसद प्रेम सुवालले नै गणपूरक संख्या एकीन गर्न माग गरे । त्यसपछि पुनः तीन मिनेट घण्टी बजार गणना गर्दा गणपूरकलाई ६९ जना हुनुपर्नेमा ६७ जना नै उपस्थित रहेपछि बैठक स्थगित गरिएको हो ।
क्याटेगोरी : समाचार
ट्याग : #गणपूरक संख्या नपुग्दा प्रतिनिधिसभा बैठक स्थगित, #प्रतिनिधिसभा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्