राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामा सासंदले उठाए प्रश्न
काठमाडौं । सांसद लिलादेवी सिटौलाले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिकामाथि आशंक्का ब्यक्त गरेकी छिन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा बेल्दै राष्ट्रपति राष्ट्रको हुनुपर्ने हो तर उहाँ कुनै पार्टी विशेषको व्यक्ति हुन पुगेको भन्दै सासंद लिलादेवी सिटौलाले आरोप लगाईन ।
“हिजो केपी शर्मा ओली ज्युले लगभग दुई तिहाईको सरकार चलाउनुभयो । २२ महिनासम्म नागरिकता विधेयकमाथि समिति (प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति)मा छलफल भयो तर, उहाँले विधेयकको रुपमा संसदमा ल्याउनुभएन । जब प्रधानमन्त्रीको कुर्सी हल्लियो तब उहाँले त्यही अहिले सरकारले विधेयकको रुपमा ल्याएर संसदबाट पास गराउनुभएको नागरिकता विधेयकलाई अध्यादेशका रुपमा ल्याउनुभयो । र हाम्रो सम्माननीय राष्ट्रपति ज्युले (तुरुन्तै) लालमोहोर लगाउनुभयो । तर, आज त्यही अध्यादेशको रुपमा केपी शर्मा ओली ज्युले ल्याउनु भएकै विधेयक संसदमा आयो र पास भएर गयो । तर, उहाँ (राष्ट्रपति)ले लालमोहोर लगाउनुभएको छैन् ।”
राष्ट्रपति जस्तो गरिमामय पदमा बसेर राष्ट्रपति राष्ट्रको हुन्छ कि पार्टीको हुन्छ कि कुनै व्यक्ति विशेषको हुन्छ भन्दै यदि नागरिकता विधेयकमा केही अब्जेक्सन राख्नुपर्ने थियो भने तीन÷तीन वर्षसम्म सरकार एकहोरो रुपमा चलाएर दुई तिहाई नजिकको सरकारले किन पास नगरेको ? भन्ने उनको प्रश्न छ ।
आमा बाबुको नागरिकता छ, छोराछोरीहरु नागरिकता नपाएर तड्पिरहेको र आत्महत्या गर्नुपर्ने अवस्थामा पुगेको उनको भनाई छ ।
क्याटेगोरी : समाचार
ट्याग : #नागरिकता विधेयक, #राष्ट्रपति विद्यादेवी भण्डारी, #लिलादेवी सिटौला, #विद्यादेवी भण्डारी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्