गाडीले ठक्कर दिएर बाख्रा मरेको भन्दै बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध
काठमाडौं । गाडीले ठक्कर दिएर बाख्रा मरेको भन्दै बञ्चरेडाँडामा स्थानीयले फोहोर फाल्न अवरोध गरेका छन्।
काठमाडौं उपत्यकाको फोहोर लाने बन्चरेडाँडाको बाटोमा बाख्रा मरेपछि फोहोरको गाडी रोकिएको काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरले जानकारी दिए।
उनका अनुसार बाख्रा मरेपछि फोहोर बोकेको गाडी बन्चरेडाँडा पुर्याउन स्थानीयले अवरोध गरेका हुन्।
‘काबेरी गाउँमा बाख्रा मरेको रहेछ,’ उनले भने, ‘बाख्रा आफैं मरेको हो कि गाडीले हानेको हो, त्यो पुष्टी भइसकेको छैन।’
काठमाडौं उपत्यकाको फोहोर शनिबारदेखि पुनः उठ्न सुरू भएको थियो। तर आइतबार फेरि बन्चरेडाँडामा फोहोरको गाडीले हानी बाख्रा मरेको भन्दै काबेरी गाउँका पीडितहरूले बाटो अवरोध गरेका हुन्।
पीडितहरूले क्षतिपूर्ति माग गरेको जनाइएको छ।
बालेनले आजैदेखि संख्या बढाएर दैनिक २५० देखि ३५० वटासम्म फोहोर बोकेका गाडी बञ्चरे पुर्याउने बताएका थिए। तर बिहान पनि केही अज्ञात समूहले समेत फोहोर फाल्न अवरोध पुर्याएको महानगरले जनाएको छ।
तारेकश्वर नगरपालिका-३ का अध्यक्ष पर्शुराम अर्यालकाअनुसार गएराति अज्ञात समूहले तीनपिप्ले आठमाइल नजिक ढकाल खोलामा करिब ३ ट्रक फोहोर फालेका थिए।
‘पानीको मुहानमा फोहोर फालिएको भन्दै स्थानीयले बिहान सडक अवरूद्ध गरेका थिए,’ उनले भने, ‘प्रहरीसँग समन्वय गरेर दोषी पत्ता लगाउने भनेर स्थानीयलाई सम्झाएपछि अवरोध खुलेको छ।’
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #फोहोर फाल्न अवरोध, #बञ्चरेडाँडा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्