Techie IT
बिहीबार, मंसीर ४,२०८३

ढकाल खोलामा फोहोर फाल्ने एकजना पक्राउ


 

ढकाल खोलामा फोहोर फाल्नेमध्ये एकजना पक्राउ परेका छन् । नगर प्रहरी नायब उपरीक्षक पूर्णचन्द्र भट्टकाअनुसार, फोहोरमा प्रमाण खोजेर फोहोर उत्पादन भएको ठाउँ पत्ता लागेको थियो । ‘त्यस ठाउँबाट कसकसले फोहोर संकलन गर्छन्, खोजेर चालक पक्राउ गरिएको हो ।’ प्रहरी नायव उपरीक्षक भट्ट भन्नुहुन्छ, ‘बालुवा बोक्ने ट्रिपरले फोहोर बोकेर गएको भेटियो । शंकास्पद चालकलाई सोधखोज गर्दा बेलुका ६ बजे ल्याण्डफिल साइडमा फोहोर फालेको बताए ।

हामीले हिजो अपरान्ह साढे ४ बजे साइड बन्द गरेका थियौँ । यसरी अनुमान गरेर उत्तर दिन थालेपछि हामीले सोधेका अरु प्रश्नमा चालकले फोहोर फालेको स्वीकार गरेको हुन् ।’ उनले फोहोर फाल्न प्र. ३ —००३—१२४६ नं. को गाडी प्रयोग गरेका थिए ।

प्रमाण खोजेर हामी फोहोर फाल्ने अन्यलाई पनि खोजी गरिरहेका छौँ । भट्टको भनाइ छ ।


क्याटेगोरी : समाचार
ट्याग : #ढकाल खोलामा फोहोर फाल्ने एकजना पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्