विश्वविख्यात लेखक सलमान रुस्दीमाथि छुरा प्रहार
न्यूयोर्क। विश्वविख्यात लेखक सलमान रुस्दीलाई अमेरिकास्थित न्यूयोर्क राज्यमा आयोजित एक कार्यक्रममा स्टेजमा हमला गरिएको एसोसिएटेड प्रेस (एपी)ले जनाएको छ ।
लेखक रुस्दीलाई शुक्रबार बिहान पश्चिमी न्यूयोर्कमा प्रवचन दिने क्रममा आक्रमण भएको हाे । उनलाई सन् १९८० को दशकमा इरानबाट ज्यान मार्ने धम्की आएकाे थियाे ।
एपीका सम्वादाताकाअनुसार एक जनाले चौताउवा इन्स्टिच्युटमा स्टेजमा आएर रुस्दीलाई मुक्का वा छुरा प्रहार गरेका थिए । त्यसपछि लेखकलाई लडाइएको वा भुइँमा ढलेका थिए । तस्बिरहरूमा रुस्दी उत्तानाे परेर लडेकाे देखिन्छ भने पहिलो प्रतिक्रियाकर्ता उनीमाथि झुकेको देखिन्छ ।
रुस्दीको पुस्तक द सैटानिक भर्सेसलाई इरानमा सन् १९८८ देखि प्रतिबन्ध लगाइएको छ । धेरै मुस्लिमहरूले उक्त पुस्तकलाई आफ्नो ईश्वरप्रति निन्दा गरेको ठान्छन् ।
एक वर्ष पछि इरानका दिवंगत नेता अयातुल्ला रुहोल्लाह खोमेनीले रुस्दीको मृत्युको लागि आह्वान गर्दै फतवा वा आदेश जारी गरेका थिए। यस्तै, रुस्दीको हत्या गर्ने जो कोहीलाई पनि ३० मिलियन डलरभन्दा बढीको पुरस्कार प्रस्ताव गरिएको थियो ।
यता इरानको सरकारले लामो समयदेखि खोमेनीको आदेशबाट आफूलाई टाढा राख्दै आएको छ । तर, रुस्दी विरोधी भावना भने कायमै रहेको बेलायती अखबार द गार्जियनले टिप्पणी गरेकाे छ ।
स्रोत : द गार्जियन
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #विश्वविख्यात लेखक सलमान रुस्दीमाथि छुरा प्रहार, #सलमान रुस्दी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ६काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्