Techie IT
शुक्रबार, कात्तिक २८,२०८३

हिम रश्मीमा साउन २९ गते बृहत् निःशुल्क स्वास्थ्य शिवर , विशेषज्ञद्धारा बिभिन्न रोगको उपचार


काठमाडौं । हिम रश्मी हाई स्कुलमा निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ । विद्यालयका संस्थापक प्रिन्सिपल लोकेन्द्रबहादुर खड्काकाअनुसार स्वास्थ्य शिविर हिम रश्मि हाई स्कुल र लायन्स क्लव अफ काठमाडौ हिम रश्मीको संयुक्त आयोजनामा हुने भएको छ । स्वास्थ्य शिविर कार्यक्रमको प्राविधिक सहयोग काठमाडौ मेडिकल कलेज शिक्षण अस्पताल सिनामंगलले गर्नेछ ।

स्वास्थ्य शिविर बिहान ९:०० बजे देखि दिउँसो ३:०० बजेसम्म चल्ने छ। शिविरमा जनरल मेडिसिन, प्रसुति तथा स्त्री रोग विशेषज्ञद्धारा सेवा, बालरोग पिशेषज्ञद्धारा सेवा, शल्यक्रिया, दन्त सेवा, नाककान घाँटी विज्ञ, छाला तथा यौन रोग विज्ञ, हाड जोर्नी तथा नसा रोग सम्बन्धी सेवाहरु निःशुल्क उपलब्ध हुनेछ ।


क्याटेगोरी : समाचार
ट्याग : #हिम रश्मी


तपाईको कमेन्ट लेख्नुहोस्