काठमाण्डौ जिल्ला भित्र कांग्रेस , एमाले , माओवादी र समाजवादीको कुन कुन वडा ? (बिवरण सहित)
काठमाण्डौ । स्थानीय तहको निर्वाचन २०७९ मा काठमाण्डौ जिल्लाका १३८ वडा मध्ये नेपाली कांग्रेसले ७२ वडामा अध्यक्ष पद जितेको छ भने नेकपा एमालले ५४ वटा वडामा जित हासिल गरेको छ।
काठमाण्डौ जिल्लामा राप्रपाका ४ वडा अध्यक्ष रहेका छन भने नेकपा माओवादी केन्द्रका ३ र नेकपा एसका २ जना वडा अध्यक्षहरु रहेका छन। यस जिल्लाका १३८ वडा मध्ये ३ वडाका अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन।
एक महानगरपालिका र १० नगरपालिका रहेको काठमाण्डौ जिल्लाका ७ नगरमा नेपाली कांग्रेसले प्रमुख पदमा जितेको थियो भने नेकपा एमाले २ र राप्रपा १ नगरपालिकाको प्रमुखमा विजयी भएका थिए। काठमाण्डौ महानगरपालिकाको प्रमुखमा भने स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह विजयी भएका थिए।
त्यस्तै काठमाण्डौका ११ स्थानीय तह मध्ये ६ वटामा नेकपा एमालले उपप्रमुख पदमा विजय हासिल गरेको छ भने नेपाली कांग्रेसका ५ उपप्रमुखहरु रहेका छन।
कुन नगरपालिकामा कति वडा ?
१. काठमाण्डौ महानगरपालिका
यस माहानगरपालिकाका ३२ वडा मध्ये नेपाली कांग्रेसले १९ वडामा अध्यक्ष जितेको छ भने नेकपा एमालेले १२ वटा वडा अध्यक्ष जितेको छ। त्यस्तै नेकपा एकीकृत समाजवादीले एउटा वडा अध्यक्षमा जित हासिल गरेको छ।
२.शंखरापुर नगरपालिका
यस नगरपालिकाका ९ वटा वडाहरु मध्ये ४ वटामा नेपाली कांग्रेसका वडा अध्यक्ष रहेका छन भने ३ वटा वडामा राप्रपाका वडा अध्यक्ष रहेका छन। त्यस्तै यस नगरपालिकामा नेकपा एमालले १ र नेकपा माओवादी केन्द्रले १ वडा अध्यक्ष जितेका छन।
३.कागेश्वरी मनोहरा नगरपालिका
कागेश्वरी मनोहरा नगरपालिका नौ वटा वडाहरु मध्ये ५ वटा वडामा नेपाली कांग्रेसका वडा अध्यक्ष रहेका छन भने ३ वटा वडामा नेकपा एमालेका अध्यक्ष रहेका छन। यस नगरपालिकाको १ वडामा नेकपा एसले जित हासिल गरेको छ।
४.गोकर्णेश्वर नगरपालिका
गोकर्णेश्वर नगरपालिकाका ९ वटा वडाहरु मध्ये नेकपा एमालले ५ वडा वडा अध्यक्षमा जित हासिल गरेको छ भने नेपाली कांग्रेका ३ वडा अध्यक्ष रहेका छन। यस नगरपालिकामा १ वडा अध्यक्ष स्वतन्त्र रहेका छन।
५.बुढानिलकण्ठ नगरपालिका
बुढानिलकण्ठ नगरपालिकाका १३ वटा वडाहरु मध्ये नेकपा एमालेले १० वटा वडामा अध्यक्ष जितेको छ भने नेपाली कांग्रेसले २ वटा वडामा जित हासिल गरेको छ। यस नगरपालिकामना १ वडा अध्यक्ष स्वतन्त्र रहेका छन।
६.टोखा नगरपालिका
टोखा नगरपालिकाका ११ वटा वडाहरु मध्ये ९ वडामा नेकपा एमालेका अध्यक्षहरुले जित हासिल गरेका छन भने २ वटा वडामा नेपाली कांग्रेसका वडा अध्यक्ष रहेका छन।
७. तारकेश्वर नगरपालिका
तारकेश्वर नगरपालिकाका ११ वटा वडाहरु मध्ये ८ वडामा नेपाली कांग्रेसका वडा अध्यक्ष विजयी भएका छन भने ३ वडामा नेकपा एमालेका अध्यक्ष रहेका छन।
८.नागार्जुन नगरपालिका
नागार्जुन नगरपालिकाका १० वटा वडाहरु मध्ये ५ वडामा नेपाली कांग्रेसका वडा अध्यक्ष रहेका छन भने ४ वडामा नेकपा एमालेका वडा अध्यक्ष रहेका छन। यस नगरपालिकामा १ वडा अध्यक्ष राप्रपाका रहेका छन।
९.चन्द्रागिरी नगरपालिका
चन्द्रागिरी नगरपालिकाका १५ वटा वडाहरु मध्ये ९ वडामा नेपाली कांग्रेसका वडा अध्यक्ष रहेका छन भने ४ वटा वडामा नेकपा एमालेका वडा अध्यक्षहरुले जित हासिल गरेका छन। यस नगरपालिकाका २ वडामा नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष रहेका छन।
१०.किर्तिपुर नगरपालिका
किर्तिपुर नगरपालिकाका १० वटा वडाहरु मध्ये ९ वडामा नेपाली कांग्रेसका वडा अध्यक्ष रहेका छन भने १ वडा अध्यक्ष स्वतन्त्र रहेका छन।
११.दक्षिणकाली नगरपालिका
दक्षिणकाली नगरपालिकाका ९ वटा वडाहरु मध्ये ९ वडामा नेपाली कांग्रेसका वडा अध्यक्ष रहेका छन भने ३ वडामा नेकपा एमालेका वडा अध्यक्ष रहेका छन।
कपन अनलाइन
क्याटेगोरी : समाचार
ट्याग : ##एमाले, #५ दलीय गठबन्धन, #breaking, #काँग्रेस, #काठमाण्डौ जिल्ला भित्र कांग्रेस, #गठबन्धन, #माओवादी र समाजवादी, #माओवादी र समाजवादीको कुन कुन वडा ?
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्