भारतमा एकै दिन १६ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित
नयाँ दिल्ली । भारतमा एक दिनमा १६ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित भएका छन् ।
सरकारी अधिकारीले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा १६ हजार २९९ नयाँ सङ्क्रमित भएका हुन् ।
यसैसँगै भारतमा हाल कुल सङ्क्रमितको सङ्ख्या चार करोड ४२ लाख छ हजार नौ सय ९६ जना पुगेका सङ्घीय स्वास्थ्य मन्त्रालयले बिहीबार सार्वजनिक गरेको छ ।
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा उतारचढाव भइरहेको छ । भारतमा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख २५ हजार ७६ रहेको छ ।
कोरोना सङ्क्रमणबाट बितेको २४ घण्टामा ५३ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सुरु भएबाट हालसम्म पाँच लाख २६ हजार आठ सय ७९ व्यक्तिको मृत्यु भइसकेको छ ।
भारतमा हिजो एक दिनमा १९ हजार चार सय ३१ जना कोरोना मुक्त भएका छन् । यसैसँगै कूल चार करोड ३५ लाख ३५ हजार छ सय १० भन्दा बढी कोरोनामुक्त भएका छन् ।
नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै रहेकाले सक्रिय सङ्क्रमित घटेका छन् ।
भारतमा सन् २०२१ को जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयबाट हालसम्म दुई अर्ब छ करोड ५८ लाखभन्दा बढी मात्रा खोप लगाइएको छ ।
भारतमा कोरोना सुरु भएयता हालसम्म ८७ करोड ९२ लाख ३३ हजार दुई सय ५१ जनाको कोरोना भाइरस परीक्षण भएको जनाइएको छ । रासस/सिन्ह्वा
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #कोरोना भाइरस, #भारतमा एकै दिन १६ हजारभन्दा बढी कोरोना भाइरस सङ्क्रमित
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्