अवैध लागुऔषधसहित चार जना पक्राउ
काठमाडौं । झापाको विभिन्न स्थानबाट अवैध लागुऔषधसहित चार जना पक्राउ परेका छन् ।
झापाको भद्रपुर नगरपालिका–३ बाट लागूऔषधसहित ४२ वर्षीय निखिल विश्वास पक्राउ परेका छन् । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारत घर भएका विश्वासलाई करिब ३ ग्राम ८ सय मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थसहित पक्राउ गरेको हो ।
यस्तै, बिर्तामोड नगरपालिका–२ बस्ने ३६ वर्षीय बद्री राजबंशीलाई करिब ३ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित पक्राउ परेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टा र ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको संयुक्त टोलीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
यसैगरी, दमक नगरपालिका–९ ईटाभट्टास्थित बाटो छेउमा करिब २५ ग्राम अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ र नगद १० हजार रूपैयाँ सहित २ जनालाई पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा गौरादह नगरपालिका–१ बस्ने ३३ वर्षीय भिम बहादुर श्रेष्ठ र ३२ वर्षीय मोहन सिलवाल रहेका छन् ।
ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ र नगद सहित फेला पारी पक्राउ गरेको हो । साथै उनीहरूले प्रयोग गरेको को.२९ प २२३४ नम्बरको मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #अवैध लागुऔषधसहित चार जना पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्