कोरोनाविरुद्वको लडाईमा विजयी भएको किम जोङको घोषणा
उत्तर कोरियाका नेता किम जोङ उनले कोरोना भाइरसविरुद्धको लडाइमा विजयी भएको घोषणा गरेका छन् । उनले मे महिनामा लगाइएको प्रतिबन्ध हटाउन आदेश दिएका छन् ।
उत्तर कोरियाका सरकारी मिडियाका अनुसार उत्तर कोरियामा कोरोना भाइरसका कारण ७४ जनाको मृत्यु भएको छ । किम जोङ उनले अन्य देशको तुलनामा यति थोरै संख्यामा मृत्युलाई अभूतपूर्व चमत्कारको रुपमा लिएका छन् ।
उत्तर कोरियाको अवस्थालाई नजिकबाट नियालिरहेका विज्ञहरूले देशको आधिकारिक तथ्यांकबाट सत्य बाहिर आउन नसक्ने बताएका छन् ।
उत्तर कोरियाले कुनै खोप कार्यक्रम सुरु गरेको छैन, बरु कोरोनासँग लड्न लकडाउन र घरेलु उपचारको सहारा लिएको छ ।
बीबीसीका अनुसार किम जोङमा पनि कोरोना भाइरसको लक्षण देखिएको थिए । किम जोङ उनकी बहिनी किम यो जोङले आफ्नो भाइमा कोरोना भाइरसको लक्षण देखिएको बताएकी छन् । उनलाई ज्वरोले ग्रस्त पारेको जानकारी दिईन् ।
क्याटेगोरी : अन्तर्राष्ट्रिय, समाचार
ट्याग : #किम जोङ उन, #कोरोनाविरुद्वको लडाईमा विजयी भएको किम जोङको घोषणा
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्