Techie IT
बुधबार, मंसीर ३,२०८३

सडक पुनःसञ्चालनका लागि सांसद आचार्यको पहल


ञ्चे। नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सांसद मोहन आचार्यले गत मङ्गलबार रातिको वर्षाले पु¥याएको क्षतिको अवलोकन गरी बाढीपहिरोले अवरुद्ध सडक पुनः सञ्चालनका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुभएको छ ।

रसुवाको उत्तरगया गाउँपालिका–५ माझगाउँ र वनुवा घुम्तीबीचको सडक अवरुद्ध भएको छ । सांसद आचार्यले बुधबार सो क्षेत्रको अनुगमन गर्नुभएको थियो । बाढी पहिरोले पु¥याएको क्षतिको अनुगमन गर्न आउनुभएका सांसद आचार्यले सो क्षेत्रको सडक तत्काल सञ्चालन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभएको छ ।

सांसद आचार्यले आज पनि बाढी पहिरोका कारण रसुवाका अन्य क्षेत्रमा पुगेको क्षतिको अवलोकन गर्दै हुनुहुन्छ ।


क्याटेगोरी : समाचार
ट्याग : #मोहन आचार्य, #सडक पुनःसञ्चालनका लागि सांसद आचार्यको पहल


तपाईको कमेन्ट लेख्नुहोस्