जापान फोहोर व्यवस्थापनमा संसाररै अग्रणी रहेछ: प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड ५ दिने जापान भ्रमण सकेर स्वदेश फर्किएका छन् । नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा शुक्रबार राती जापान गएका प्रचण्ड आज स्वदेश फर्किएका हुन् । प्रचण्डलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री जनार्दन शर्मा लगायतले स्वागत गरेका थिए ।
विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले फोहोर व्यवस्थापनको लागि जापानसँग सहयोग माग गरेको बताएका छन् । उनले जापान फोहोर व्यवस्थापनमा संसारकै अग्रणी रहेको दाबी गर्दै नेपालमा फोहोरलाई व्यवस्थानको लागि सहयोग माग गरेको बताए ।
फोहोर व्यवस्थापनमा संसाररै अग्रणी रहेछ जापान । कहि कतै फोहोर भन्ने देखिँदैन् सबै व्यवस्थापन । फोहोर व्यवस्थापनको लागि तत्काल हामिलाई सहयोग चाहियो भन्ने कुरा पनि हामि गर्यौ ।
प्रचण्डले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण हुन ढिलाइ भएकामा असन्तुष्टि जनाएका छन् । उनले राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण गर्न ढिला नहुनु पर्ने बताए । प्रचण्ड साउन २१ गते जापान भ्रमणमा गएका थिए । प्रचण्ड जापानका कार्यक्रममा सहभागी भएका थिए । प्रचण्डले शनिबार जापानको फुकुओकामा नेपाल फेस्टिभलको समुद्घाटन समेत गरेका थिए भने आइतबार हिरोसिमाको पनि भ्रमण गरेका थिए ।
क्याटेगोरी : समाचार
ट्याग : #जापान फोहोर व्यवस्थापनमा संसाररै अग्रणी रहेछ, #पुष्पकमल दाहाल प्रचण्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्