Techie IT
बुधबार, मंसीर ३,२०८३

सामाजिक सञ्जाल पार्टीको योजना र विचारलाई जनता समक्ष पुय्याउने राम्रो माध्यम: विष्णु रिमाल


काठमाडौं । पार्टीको योजना र विचारलाई जनता समक्ष पु¥याउनको लागि सामाजिक सञ्जाल राम्रो माध्यम रहेको नेकपा एमालेका उपमहासचिव विष्णु रिमालले बताए ।
काठमाडौंमा आयोजित ‘सामाजिक सञ्जालको प्रयोग र उपयोगिता’ विषयक गोष्ठी कार्यक्रममा बोल्दै उनले सञ्जालको माध्यमबाट राम्रो र नराम्रो दुवै प्रकारको सूचना प्रवाह हुने हुनाले यसलाई सहि तरिकाले प्रयोग गर्नुपर्ने बताए ।

‘हामीले चलाएको सञ्जाल माध्यमले हाम्रो कामलाई कति प्रभावकारी बनाएको छ । त्यसले हाम्रो पार्टीको काममा कति सहयोग गरेको छ । यसको प्रयोगले राम्रो कामको साथै नराम्रो सूचना पनि प्रवाह गर्न सकिन्छ । मिथ्या सूचनाको फैलाएर हुनेलाई नहुने, नहुनेलाई हुने बनाउने काम गरेको पाइन्छ । गलत सोच भएकाो मानिसहरुले त्यसको दुरुपयोग गरिरहेका छन् ।’
यस्तै कार्यक्रममा बोल्दै अनेरास्ववियु केन्द्रीय कमिटि, प्रचार विभागका प्रमुख नरेश रोकायाले जनता तथा युवाको मनोविज्ञान र इच्छा बुझेर नयाँ ढङ्गबाट अगाडी बढ्नु अहिलेको आवश्यकता भएको भन्दै अब देश परिवर्तनको लागि युवा शक्ति लाग्नुपर्ने बताए ।

‘आम नेपाली जनताहरुको भावनालाई बुझनु पर्छ । जनताको मनोविज्ञान कता गएको छ । पुरानो सोच भएका नेताले देश परिवर्तन गर्न सक्छ कि सक्दैन देशमा युवाहरु चाहिएको हो कि होईन । जनता अथवा युवाको मनमा के छ इच्छा के छ त्यो बुझेर नयाँ ढङ्गबाट अगाडी बढ्नु पर्छ अहिलेको आवश्यकता त्यही हो ।’
विश्व बजारमा प्रतिस्पर्धा गरेर जित हासिल गर्न सक्ने नेता र कार्यकर्ता जन्माउने हो भने मात्र देशको विकास सम्भव हुने पनि उनको भनाई छ ।

 


क्याटेगोरी : समाचार
ट्याग : #सामाजिक सञ्जालको प्रयोग र उपयोगिता विषयक कार्यशाला गोष्ठी


तपाईको कमेन्ट लेख्नुहोस्