जापान भ्रमणको क्रममा प्रचण्डले दिएको अभिव्यक्तिले नेपाल र नेपालीको शिर निहुँरियो : खिमलाल भट्टराई
काठमाडौं । नेकपा (एमाले) बाट राष्ट्रियसभा संसदीय दलका नेता खिमलाल भट्टराईले नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापान भ्रमणको क्रममा दिएको अभिव्यक्तिप्रति आलोचना गरेका छन् । नेपाल नै नआएका जापानका पूर्व प्रधानमन्त्री शिन्जो आबेसँग दुई पटक भेट भएको भन्ने अभिव्यक्ति सिंगो मुलुककै शीर झुकेको टिप्पणी गरे ।
जापान भ्रमण जानुभो । जापान भ्रमणमा जाँदा खेरी उहाँले सानका भन्नुभयो । पूर्वप्रधानमन्त्री, जसको अस्ति भ्रर्खर हत्या गरिएको थियो । शिन्जो आबे नेपाल आको बेलामा २–३ पटक कुराकानी भएको छ उहाँसँग नेपालको आपसी हितको बारेमा । नेपाल जापानको आपसी हितको बारेमा । दुई तिन पटक कुरा भएको छ । विकास निर्माणको बारेमा । गौरवको साथले उहाँले भन्नुभो । जबकी शिन्जो आबे नेपाल आउनुभएकै थिएन् । यस्तो खालको हल्का प्रस्तुतीले, हल्का टिप्पणीले के हुन्छ यो । एउटा सिनियर नेता देशको जिम्मा दिएको भनौं । यस्तो हल्का प्रस्तुतीले, हल्का टिप्पणी, हल्का तयारी के हो यो ।
राष्ट्रिय सभाको बुधबार बसेको बैठकमा बोल्दै भट्टराईले महङ्गी जनताको ढाँड सेकिदा पनि सरकारले कुनै चासो नदेखाएको आरोप लगाए । सरकारको ध्यान गठबन्धन र सत्ता जोगाउने विषयमा मात्रै केन्द्रीत भएको टिप्पणी गरे ।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #खिमलाल भट्टराई, #पुष्पकमल दाहाल प्रचण्ड
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्