स्वास्थ्य बीमा कार्यक्रमलाई कोल्याप्स गर्न खोजेको आरोप
काठमाडौं । नेकपा (एमाले)का सांसद खगराज अधिकारीले सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई कोल्याप्स गर्न खोजेको आरोप लगाएका छन् । उनले स्वास्थ्य क्षेत्रमा खतरनाक अवस्था आउँदै गरेको बताउँदै स्वास्थ्य बिमा कार्यक्रमलाई नरोक्न आग्रह गरे ।
प्रतिनिधिसभाको बुधबारको बैठकको विशेष समयमा बोल्दै अधिकारीले स्वास्थ्य बीमा कार्यक्रमलाई बन्द गरेर जनताको स्वास्थ्यसँग खेलवाड गर्न नपाईने तर्क राखे ।
“स्वास्थ्य बीमा कार्यक्रमलाई कोल्याप्स गर्न पाईँदैन् । अपांङ भएका जनताको स्वास्थ्यसँग खेलवाड गर्न पाईदैन् । जेष्ठ नागरिकमाथि खेलवाड गर्न पाईदैन् । एचआईभी एड्स संक्रमितहरु माथि खेलवाड गर्न पाईदैन् । स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध सबैलाई यस कार्यक्रममा समावेश गराउनको निम्ति सरकारकारी स्वास्थ्य क्लिनीहरु, स्वास्थ्य संस्थाहरु र प्राईभेटलाई समेत स्वास्थ्य बीमा ऐन अन्र्तगर्त जुनजुन कुराको सुविधा छ, त्यो सुविधा दिनको निम्ति जोडदार माग गर्न चाहान्छु ।”
अधिकारीले यो कार्यक्रम बन्द गर्न खोजेको भन्दै जेष्ठ नागरिक, बालबालिकाहरुको हुर्मत लिन खोजेको हो भन्दै प्रश्न गरे । उनले स्वास्थ्य बीमा कार्यक्रमलाई जनपक्षीय रुपमा सञ्चालन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #खगराज अधिकारी, #स्वास्थ्य बीमा कार्यक्रमको रकम बढाएर १० लाख रुपैयाँ पुर्याउन माग
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्