Techie IT
बुधबार, मंसीर ३,२०८३

धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


धनगढी । कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा डोटीको जोरायल गाउँपालिका–१ का २८ वर्षीय चित्र मडै रहेका छन् । गम्भीर घाइते भएका मडैलाई उपचारका लागि तत्काल माया मेट्रो अस्पताल पुगाइएपछि अस्पतालले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मंगलबार राति धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित अस्थायी प्रहरी पोष्ट नजिकै मोहनापुल अत्तरिया सडकखण्डमा से २ प ५२८२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु र चालक घाइते भएको हो ।
चालक जोरायल गाउँपालिका–१ कै २१ वर्षीय सन्तोष मल्ल घाइते भएका छन् । उनको माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । ्

 


क्याटेगोरी : समाचार
ट्याग : #दुर्घटना हुँदा एक जनाको मृत्यु, #धनगढीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


तपाईको कमेन्ट लेख्नुहोस्