Techie IT
मंगलबार, असार २३,२०८३

जबरजस्ती करणीको अभियोगमा युवक पक्राउ


काठमाडौं । झापामा १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा ताप्लेजुङ फुङलिङ नगरपालिका– ९ बस्ने २० वर्षीय दिपेश बिक रहेको प्रहरीले जनाएको छ ।
झापाको अर्जुनधारा नगरपालिका– ११ नयाँ बसपार्कस्थित ताप्लेजुङ–पाँचथर होटल एण्ड लजमा साउन १८ गते दिपेशले ती बालिकालाई जबरजस्ती करणी गरी विवाह गर्छु भनी घरमा राखेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय ताप्लेजुङसँगको समन्वयमा दिपेशलाई पक्राउ गरेको हो ।


क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #जबरजस्ती करणीको अभियोगमा एकजना पक्राउ


तपाईको कमेन्ट लेख्नुहोस्