Techie IT
बुधबार, मंसीर ३,२०८३

राष्ट्रिय अर्थतन्त्रमा बल पुय्याउने गरी वनको सदुपयोग गर्नुपर्नेमा जोड


काठमाडौं । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओेलीले वनका बहुआयामहरु रहेको बताएका छन् । दिगो, विकास, समृद्धि, रोजगारी र वातावरणका लागि वनको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे ।
समुदाय वन महासंघद्धारा आयोजित ‘समृद्ध नेपाल, सुखी नेपाल निमार्णमा सामु्दायिक वनको योजना’ विषयक कार्यक्रमामा बोल्दै अध्यक्ष ओेलीले राष्ट्रिय अर्थतन्त्रमा बल पु¥याउने गरी वनको सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।

दिगो वन व्यवस्थापन, विकासका लागि वन, समृद्धिका लागि वन, रोजगारीका लागि वन, वातावरणका लागि वन । बनका बहुआयाम छन् । ती सबै आयाम कसरी प्राप्त गर्ने हामिले । वनबाट वातावरण कसरी सुदृढ गर्ने, वनबाट अर्थतन्त्र कसरी सुरु गर्ने, वनबाट रोजगारीका अधिकभन्दा अधिक अवसरहरु कसरी सिर्जना गर्ने, बढी भन्दा बढी जनता कसरी अगाडी बढाउने, यसले जसरी स्थानीय तहमा नेतृत्व सशक्तीकरण खासगरी, महिला नेतृत्व सशक्तीकरण लगाएतका कुराहरुमा योगदान गरेको छ । त्यसलाई अझ सबल र तीव्र गतिमा कसरी अगाडी बढाउने जस्ता कुराहरुमा अब ध्यान दिनुपर्नेछ ।
उनले विभिन्न कारणले वन विनासको क्रम चलिरहँदा राष्ट्रिय जनजीवन, अर्थतन्त्र, वातावरण, वन्यजन्तुदेखि लिएर पर्यावरणमा प्रतिकुल असर परेको उल्लेख गर्दै सामुदायिक वनको अवधारणाको माध्यमबाट नै नेपालमा वनको विनाश रोकिएको दाबी गरे ।


क्याटेगोरी : समाचार
ट्याग : #केपी शर्मा ओेली


तपाईको कमेन्ट लेख्नुहोस्