अनियमितताबारे बोल्दा जेल परेका हवल्दारको रिहाइ माग्दै आन्दोलन
काठमाडौँ । ससस्त्र हेडक्वार्टरमा हातहतियार र गोपनीयताको सूचना दिएको भनेर गलत विवरण पेस गरेर ससस्त्रको अदालतबाट एक प्रहरीलाई गलत तरिकाले जेल चलान गरेको भन्दै दार्चुलाका ससस्त्र प्रहरी ४४ नम्बर गणको ध्यानाकर्षण भएको छ।
ससस्त्र प्रहरीलाई बिदा दिएर रासन भत्ता बापतको रकम आफुले खाने गरेको सूचना पत्रकारलाई दिएको भनेर हवल्दारलाई सशस्त्र हेडक्वाटरमा उल्टै हातहतियार र गोपनीयताको सूचना दिएको भनेर गलत विवरण पेस गरेर ससस्त्रको अदालतबाट गलत तरिकाले जेल चलान गरेकोमा ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत उल्लेख गरिएको छ।
यो बिषयमा प्रधानमन्त्री कार्यलय, गृहमन्त्रालय र ससस्त्र प्रहरी प्रमुखलाई आन्दोलन मार्फत ध्यानाकर्षण गराउने उनीहरुले बताएका छन्। सोही अनुसार काठमाडौँको माइतीघरमा भेला भएर उनीहरुले न्यायको माग पनि गरेका छन्।
उनीहरुले अदालत परेका नरेश साउदलाई रिहाइ गर, हामी देशमा सिपाही न्यायका लागि लड्ने छौँ, म बोर्डरमा सुरक्षा गर्ने म जेल जाने मेरो राशन एसपि खाने, हामी सिपाही पीडित कहिलेसम्म हाकिमले खान्छन् राशन भत्ता जहिलेसम्म जस्ता नारा लेखिएका प्लेकार्ड बोकेर आन्दोलनमा उत्रिएका छन्।
यता ससस्त्र प्रहरीका प्रवक्ता विदुर खड्काले भने आन्तरिक छानबिन समिति बनाएर प्रक्रिया अघि बढाइएको बताएका छन्। उनका अनुसार उक्त घट्ना हाल अदालती प्रक्रियामा रहेको छ।

क्याटेगोरी : समाचार
ट्याग : #अनियमितताबारे बोल्दा जेल परेका हवल्दारको रिहाइ माग्दै आन्दोलन
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्