प्रधानमन्त्रीले भारतलाई बुझाए ३ खर्बको जलविद्युत आयोजना
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले १२०० मेगावाटको जलविद्युत आयोजना निर्माणको जिम्मा भारतीय कम्पनीलाई दिनुभएको छ ।
लगानी बोर्डका अध्यक्ष समेत रहनुभएका प्रधामन्त्री शेरबहादुर देउवाको अध्यक्षतामा बसेको लगानी बोर्डको ५२ औँ बैठकले ७५० मेगावाटको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी-६ संयुक्त जलविद्युत परियोजना निर्माणको जिम्मा भारतीय कम्पनी एनएचपीसीलाई दिने गरी समझदारीपत्र (एमओयू) को मस्यौदा स्वीकृत गर्नु भएको हो ।
संयुक्त जलविद्युत परियोजनाको विकासको लागि अध्ययन गर्न विकासकर्ता कम्पनी एनएचपीसीसँग गरिने समझदारीपत्र स्वीकृत भएको छ । एनएचपीसीले जलविद्युत र सोलारबाट भारतमा ७ हजार ७१ मेगावाट बिजुली उत्पादन गरिरहेको छ ।
बोर्डका अनुसार पश्चिम सेतीको मात्र करीब एक खर्ब ५० अर्ब रुपैयाँ अर्थात १ अर्ब ४८ करोड डलर र सेती नदी-६ एक खर्ब रुपैयाँ अर्थात् ९२ करोड ७० लाख डलर गरी कुल २ अर्ब ४० करोड ७० लाख अमेरिकी डलर अर्थात हालको डलर मूल्यअनुसार करिब ३ खर्ब रुपैयाँ लाग्ने छ ।
भारतले नेपालमा रहेका थुप्रै जलविद्युत आयोजनाको काम लिने र त्यसै अलपत्र छाड्ने गर्दै आएको छ । भारतसँग गरिएका कतिपय सम्झौताहरु देश र जनताविरुद्ध समेत देखिने गरेका छन् । प्रधानमन्त्री पत्नी आरजु राना र गठबन्धनका नेता प्रचण्डको भारत भ्रमण लगतै भएको महत्वपूर्ण सम्झौताले कतै ठुलो मात्रामा उत्पादन हुन सक्ने जलबिद्युत आयोजनालाई आफ्नो पोल्टामा राखेर रोक्न खोजेको त् होइन भन्ने चासो र चिन्ता समेत बढेको छ ।
क्याटेगोरी : समाचार
ट्याग : #प्रधानमन्त्रीले भारतलाई बुझाए ३ खर्बको जलविद्युत आयोजना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्