तत्काल टहरा भत्काउन सकिँदैन : नर्भिक हस्पिटल
काठमाडौं । काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले सरकारी जग्गामा बनाएको विभिन्न भौतिक संरचनाहरू नहटाउने बताएको छ ।
अस्पतालले आज मंगलबार पत्रकार सम्मेलन गरेरै ती संरचनाहरू अटाउन नसकिने बताएको हो । सरकारसँग २० वर्षको भाडा सम्झौता रहेको भन्दै अस्पतालले उक्त संरचना नहटाउने बताएको हो ।
‘नर्भिक अस्पतालले सरकारसँग २० वर्षका लागि भाडामा जग्गा उपभोगसम्बन्धी सम्झौता गरेको छ,’ पत्रकार सम्मेलनमा अस्पतालका अध्यक्ष राजेन्द्रबहादुर सिंहले भने, ‘२०६५ सालमा नेपाल सरकारको तर्फबाट भूमिसुधार कार्यालय काठमाडौंका भूमिसुधार अधिकारी लुम्बप्रसाद सिवाकोटीसँग २० वर्षका लागि उक्त जग्गा भाडामा लिएका हौं, नपत्याए यो सम्झौतापत्र हेर्नुहोस् ।’
सिवाकोटीसँग भएको सम्झौतापत्र सार्वजनिक गर्दै उनले महानगरले खाली गर्नु भनेको जग्गामा टहराहरु बनाएर अक्सिजन प्लान्टदेखि बिजुली, पानीजस्ता अत्यावश्यक वस्तुहरुको सप्लाइ गरेको जानकारी दिए ।
यसअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सरकारी जग्गा अतिक्रमण गरेर बनाइएका भौतिक संरचना भत्काएर खाली गर्न निर्देशन दिएका थिए । तर, अस्पतालले मेयर साहको निर्देशनको अवत्रा गर्दै संरचना नहटाउने अड्डी लिएको छ ।
क्याटेगोरी : समाचार, स्वास्थ्य
ट्याग : #hot, #नर्भिक इन्टरनेसनल हस्पिटल
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान






तपाईको कमेन्ट लेख्नुहोस्