सन् २०३० सम्म संघीय संसद्मा महिलाको प्रतिनिधित्व ४० प्रतिशत पुय्याउने सरकारको लक्ष्य
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद बन्दीले सन् २०३० सम्म संघीय संसद्मा महिलाको प्रतिनिधित्व ४० प्रतिशत, प्रदेशमा ४० प्रतिशत र स्थानीय तहमा ४२ प्रतिशत पु¥याउने सरकारको लक्ष्य रहेको बताएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै कानुनमन्त्री बन्दीले यो लक्ष्यप्रति सरकार प्रतिबद्ध रहेको बताउँदै दलहरु पनि प्रतिबद्ध रहने विश्वास व्यक्त गरे ।
“हामिले सन् २०३० सम्म संघीय संसद्मा महिलाको प्रतिनिधित्व ४० प्रतिशत, प्रदेशमा ४० प्रतिशत र स्थानीय तहमा ४२ प्रतिशत पु¥याउने एउटा लक्ष्य लिएका छौं । त्यो लक्ष्यप्रति सरकार अहिले पनि प्रतिबद्ध छ । मलाई विश्वास छ, दलहरु पनि यसमा प्रतिबद्ध हुनुहुन्छ ।”
मन्त्री बन्दीले निर्वाचन सम्बन्धी कानूनलाई संशोधन गर्न सरकार तयार रहेको स्पष्ट पारेका छन् । उनले कानून संशोधनका निर्वाचन आयोगले गृहकार्य गरिरहेको बताउँदै कतिपय कुराहरुमा सुधार गर्न, पुनरावलोकन गर्न सरकार सधै तयार रहेको धारणा राखे ।
“कानूनमा निर्वाचन सम्बन्धी केही कानूनको गृहकार्य जारी छ । निर्वाचन आयोगले पनि त्यसमा काम गरिरहेको छ । कतिपय अप्ठ्यारो भएको कुराहरुमा सुधार गर्न, पुनरावलोकन गर्न सरकार हमेसा तत्पर छ । त्यस्तो ठाउँ देखिएको अवस्थामा त्यसलाई कानून बनाएर ती अपठ्याराहरुलाई हटाउन सरकार प्रतिवद्ध रहेको व्यहोरा अनुरोध गर्न चाहन्छु ।”
उनले लैंगिक समानता र समावेशिताको प्रतिकुल रहेको नेपालका कानूनहरूमा सरकारले विगतदेखि नै संशोधन गर्दै आएको बताए । मन्त्री बन्दीले अहिलेपनि कानूनहरुमा परिमार्जन, संशोधन र पुनरावलोकन गर्ने काम जारी रहेको बताउँदै आवश्यक कानूनमा परिमार्जन गर्दै जाने सरकारको नीति रहेको जिकिर गरे ।
क्याटेगोरी : समाचार
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्