Techie IT
बुधबार, मंसीर ३,२०८३

नायब सुब्बा (नासु) कर्मचारीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण


काठमाडौं । जनता प्रगतीशील पार्टीका अध्यक्ष तथा सांसद हृदयेश त्रिपाठीले आन्दोलनरत नायब सुब्बा (नासु) कर्मचारीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकमा बोल्दै त्रिपाठीले राजपत्र अकिंत र अंनकित कर्मचारीहरुलाई भेद्भाव गरेको बताए ।
उनले कर्मचारीको तलबमान वृद्धिको शैलीमाथि ‘जहाँ गहिरो, उहीँ पानी’ भन्दै व्यंग्य पनि गरेका छन् ।

“अहिले सरकारले जुन कर्मचारीहरुको तलबमान वृद्धि गरेको छ । यसमा एउटा द्धिवधा देखियो सभामुख महोदय, राजपत्र अंनकित कर्मचारीहरु १५ प्रतिशत र राजपत्र अकिंत कर्मचारीहरु २४ देखि २६ प्रतिशत वृद्धि हुने भो । जसले गर्दा नासुहरु अहिले आन्दोलन पेन डाउनमा छन् । त्यता तर्फ सरकारको ध्यानाकर्षण गराउन चाहान्छु । जहाँ गहिरो, उहीँ पानी हुनुभएन् ।”
उनले जसलाई कम चाहिएको थियो, उसलाई बढी दिने र जसलाई बढी चाहिएको उसलाई कम दिने खालको तलवबृद्धि गर्नु उचित नभएको बताए । निजामती कर्मचारी ऐन समयमै नआउँदा समस्या बढेको उनको भनाई थियो ।।


क्याटेगोरी : समाचार
ट्याग : #नायब सुब्बा (नासु) कर्मचारीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण


तपाईको कमेन्ट लेख्नुहोस्