नागरिकतामा ‘कुकुर कुकुर्नी’ लेख्ने कर्मचारीलाई कारबाही गर्न माग
काठमाडौं । नेकपा (एकीकृत समाजवादी)की सांसद निरुदेवी जैरुले नागरिकतामा ‘कुकुर कामी, कुकुर्नी कमिनी’ जस्ता नाम लेख्ने कर्मचारीलाई तत्काल कारबाही गर्नुपर्ने माग गरेकी छन् ।
प्रतिनिधि सभाको मंगलबार बसेको बैठकको विशेष समयमा बोल्दै उनले ती कर्मचारीलाई गृहमन्त्रालय बोलाएर निलम्बित गर्नुपर्ने माग गरेकी हुन् । उनले ६० लाख दलितका भोटले निर्वाचित भएका माननीयहरुलाई मरेतुल्य भएको जिकिर गरिन् ।
“हामि ६० लाख दलितका भोटले निर्वाचित भएका माननीयहरुलाई मरेतुल्य भएको छ । नागरिकता जस्तो संवेदनशील विषयमा कुकुर, कुकुर्नी सम्म राख्ने प्रशासकीय अधिकृतलाई तुरुन्त गृहमन्त्रालय बोलाईयोस् र उहाँहरुलाई निलम्बित गरियोस्् भन्ने पनि माग गर्न चाहान्छु ।”
सांसद जैरुले उक्त विषयलाई गृह मन्त्रालयले सम्बोधन गर्ने भनेपनि ती व्यक्तिलाई खोजेर नागरिकता सच्चाउने अवस्था आफूले नदेखेको धारणा राख्दै मन्त्रालयको ध्यानाकर्षण गराईन् ।
क्याटेगोरी : समाचार
ट्याग : #hot, #नागरिकतामा ‘कुकुर कुकुर्नी’ लेख्ने कर्मचारीलाई कारबाही गर्न माग, #निरुदेवी जैरु
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७तारकेश्वर साङ्गला पटापुमा ईभी गाडीभित्र महिलाको शव फेला, प्रहरीले सुरु गर्यो सबै कोणबाट अनुसन्धान
- ८काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा






तपाईको कमेन्ट लेख्नुहोस्