ज्ञानेन्द्र शाही प्रतिनिधिसभा चुनावमा जुम्लाबाट उठ्ने
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाही आगामी प्रतिनिधिसभा चुनावमा जुम्लाबाट उठ्ने भएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रमबीच शाहीले जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा उठ्ने घोषणा गरेका हुन् ।
पार्टीका नेता कार्यकर्ताले आफूलाई देशका विभिन्न क्षेत्रबाट चुनाव लड्न आग्रह गरे पनि आफूले जन्मथलो जुम्ला रोजेको उनले बताए । काठमाडौं, चितवन, रुपन्देही, झापा, कैलालीबाट चुनाव लड्न आग्रह आए पनि आफूले जुम्ला रोजेको शाहीले बताएका छन् । कुनै पनि दलविरुद्ध आफ्नो उम्मेदवारी नभई जुम्लाको आर्थिक स्तर उकास्नका लागि भएको शाहीको दाबी छ ।
क्याटेगोरी : समाचार
ट्याग : #ज्ञानेन्द्र शाही, #ज्ञानेन्द्र शाही प्रतिनिधिसभा चुनावमा जुम्लाबाट उठ्ने, #राष्ट्रिय प्रजातन्त्र पार्टी
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ७रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा
- ८युवासहित संखुवासभा कांग्रेसको शक्ति प्रदर्शन






तपाईको कमेन्ट लेख्नुहोस्