‘मिटरब्याजी’ आरोपी सञ्जय रौनियार पक्राउ
सर्लाही । चर्को व्याजमा ऋण लगानी गरेर ठगी गरेको आरोप लागेका सञ्जय साह रौनियारलाई प्रहरीले पक्राउ गरेको छ ।
केही दिनअघि महोत्तरीको बर्दिबासबाट पक्राउ परेका ५२ वर्षीय रौनियारलाई त्यहाँबाट जिल्ला प्रहरी कार्यालय सर्लाही ल्याइएको हो । ब्रह्मपुरी गाउँपालिका–४, त्रिभुवननगर निवासी रौनियारविरुद्ध ठगी आरोपमा उजुरी परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।रौनियारले मिटरब्याजमा ऋण लगानी गरेर सयौँ सर्वसाधारणलाई बिल्लीबाठ बनाएको गुनासो वर्षौँ अघिदेखि आइरहेको थियो ।
सो गुनासोसहित प्रहरीमा उजुरी नै परेपछि लामो समयसम्म भारतमा लुकिछिपी बस्दै आएका रौनियारलाई प्रहरीले यो पटक भने पक्राउ गर्न सफल भएको हो । आइतबार आज सर्लाही जिल्ला अदालतबाट ६ दिन म्याद लिएर रौनियारमाथिको अनुसन्धान अघि बढाइएको सर्लाही प्रहरीका निमित्त प्रमुख डिएसपी विजय यादवले बताए । पछिल्लो समय मधेशका जिल्लामा घर व्यवहार धान्न मिटरब्याजमा ऋण लिने विपन्न वर्गका मानिसहरू ऋण बुझाउन नसक्दा बिल्लीबाठ हुने क्रम बढेको छ ।
क्याटेगोरी : अपराध/सुरक्षा, समाचार
ट्याग : #‘मिटरब्याजी’ आरोपी रौनियार पक्राउ
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्