ओली चढेको हेलिकोप्टर सिमरा विमानस्थलमा आकस्मिक अवतरण
सिमरा । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चढेको हेलिकोप्टर सोमबार दिउँसो सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको छ।
रौतहटको गौरमा आयोजित कार्यक्रममा सहभागी हुन काठमाडौंबाट आउने क्रममा मौसम खराब भएपछी सिम्रीक एयरको हेलिकप्टर सिमरा विमानस्थलमा आकस्मिक अवतरण गरिएको हो।
अत्यधिक वर्षाका कारण गौर पुग्न सक्ने अवस्था नभएपछी हेलिकोप्टरलाई सिमरा विमानस्थलमा सुरक्षित अवतरण गरिएको बताइएको छ। हेलिकोप्टरमा अध्यक्ष ओलीसहित उनका सहयोगी सवार रहेका थिए।
आकस्मिक अवतरण गरेपछि अध्यक्ष ओलि सिमरा विमानस्थलको विशिष्ट कक्षमा बसेका छन्। ओलीको आकस्मिक अवतरण भएपछि जीतपुर सिमरा उपमहानगरपालिका नगर उप्रप्रमुख भोलाप्रसाद अधिकारी, एमाले नेता मनोज पौडेलसहित एमालेका नेताकार्यकर्ता विमानस्थल पुगेका छन्।
मौसमको प्रतिक्षामा रहेका ओली हेलिकप्टर उड्न नसके सडकमार्ग भएर गौर पुग्ने विषयमा छलफल भइरहेको एमाले नेता पौडेलले बताए।
क्याटेगोरी : समाचार
ट्याग : #breaking, #अध्यक्ष ओली चढेको हेलिकोप्टर सिमरा विमानस्थलमा आकस्मिक अवतरण, #केपी शर्मा ओली
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २टोखा–छहरे सुरुङमार्गले धेरै बस्ती मापदण्डका कारण समस्यामा पर्ने भएकाले विकल्प खोज्न मन्त्री खनालको प्रस्ताव
- ३काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ४एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ५सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्