फोहोर व्यवस्थापन नहुँदा हैजा फैलिएर बस्न नसक्ने अवस्था आयो : गोमादेवी तिमल्सिना
काठमाडौं । राष्ट्रियसभा सदस्य गोमादेवी तिमल्सिनाले काठमाडौको फोहोर व्यवस्थापन नहुँदा दुर्गन्ध र हैजा फैलिएर बस्न नसक्ने अवस्था आएको बताएकी छन् ।
सोमबार बसेको राष्ट्रियसभाको बैठकमा बोल्दै उनले बाढी पहिरो नलागेका ठाउँमा फोहोर ढल फुटेर दुःख पाईरहेको बताईन । स्थानीय सरकार बन्यो र अब धेरै कुरामा हल हुन्छ भन्ने जनआशा थियो तर चुवाबको बेला गरेका कुरालाई काममा नउतारेको उनको गुनासो छ ।
‘स्वतन्त्र उम्मेदवारले निर्वाचन जितेपछि त फोहोेर नियन्त्रण हुन्छ भनेर सबै आशावादी थिय,दलका नेताहरुले गर्न नसकेको युवाले गर्छन् भनेर होहल्ला गरिएको फिजिएको थियो ,तर अहिले पनि त्यो दुर्गन्ध त्यसै छ । विशान बेलुकी हिँडिसाध्य छैन । फोहोरको व्यवस्थापन नहुँदा हैजा र दुर्गन्ध फैलिएको छ ।’
उनले यो दुर्गन्धमा पर्यटकलाई आउनुहोस्, राम्रो छ भनेर कसले प्रचार गर्ने भन्दै प्रश्न गरिन । निर्वाचन सकिएसँगै फोहोर व्यवस्थापन भइसक्थ्यो तर पहलनै नभएको उनले दाबी गरिन ।
क्याटेगोरी : समाचार
ट्याग : #फोहोर व्यवस्थापन, #फोहोर व्यवस्थापन नहुँदा हैजा फैलिएर बस्न नसक्ने अवस्था आयो : गोमादेवी तिमल्सिना
धेरै पढिएका
- १काठमाडौं क्षेत्र नं ७ का नेकपाका केन्द्रीय सदस्य ज्ञानेन्द्र मोहन श्रेष्ठसहित दर्जनौं युवा एमाले प्रवेश
- २काठमाडौं–७ : प्रकाश श्रेष्ठको सम्भावना मजबुत बन्दै गएको राजनीतिक विश्लेषकहरूको बुझाइ
- ३एमालेको घोषणापत्रमा के छ ? (पूर्णपाठ)
- ४सिंहदरबारका प्रहरी प्रमुख जनार्दन घिमिरे सहित उत्कृष्ठ कार्य गर्ने ३ जना प्रहरी अधिकृत पुरस्कृत
- ५काठमाडौं क्षेत्र नं. ६ मा लोकप्रिय युवा उम्मेदवारहरूबीच कडा प्रतिस्पर्धा
- ६तारकेश्वरमा युवाहरुले भ्रष्टाचार र बेथितिविरुद्ध आवाज उठाँउदा नगरपालिकाको धम्कीपूर्ण विज्ञप्ति
- ७काठमाडौं ५ मा ईश्वर पोखरेलनै उठ्ने, ७ र ९ मा पनि टुंगियो
- ८रास्वपा टोखा नगर सभापति काफ्लेले छोडे पार्टी, दलगत झण्डा नबोक्ने घोषणा






तपाईको कमेन्ट लेख्नुहोस्